Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

खुश्बुको खुश्वु चर्चामा



khusubuसुर्य चन्द

पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को गर्दै दर्जनौ राष्ट्रिय अवार्डबाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको व्यस्तता पनि बढ्दै गएको छ । यो बर्ष मात्र आधा दर्जन भन्दा बढी चलचित्र तथा म्युजिक अवार्डबाट बेष्ट मोडल र नायिकाको उपाधि हात पारेर सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ । अभिनय तथा नृत्यमा पोख्त नायिका खुश्बु खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । चलचित्र हुदै मोडलिङ क्षेत्रमा प्रवेश गरेर स्थापित नायिकाको रुपमा आफुलाई उभ्याउन नायिका खुश्बु खड्का सुन्दर अनुहार र मिलेको शरीरका कारण चर्चामा छिन् । केहि चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी खुश्बुले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन ।

नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका खुश्बु सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन । सुन्दरी नायिका खुश्बुले सायना फिल्म मार्फत अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन । नायिका खुस्बु खड्काले ६ दर्जन भन्दा बेसी म्युजिक भिडियोमा कुशल अभिनय प्रदर्शन गरिसकेकी छिन् । सिन्धुपाल्चोकमा जन्मिएकी खुश्बुले हालसम्म ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योति’ जुनी लगायत चलचित्रमा लिड रोल गरेकी छिन् । राष्ट्रिय स्तरकी तेक्वान्दो खेलाडी समेत रहेकी सुन्दरी तथा बहुप्रतिभाशाली नायिका खुश्बु खड्का एक्सन तथा लभ स्टोरी चलचित्रमा बेसी रुचि रहेको कुरा पनि जानकारी गराउछिन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।