Logo
२२ मंसिर २०७८, बुधबार
     Wed Dec 8 2021
E-paper
  English Edition
   Unicode
Logo

एमाले सांसदहरुको एक महिनाको तलब राहत कोषमा



६ भदौ, काठमाडौँ  । नेकपा (एमाले)ले आफ्ना सांसदहरुको एक महिनाको तलब बराबरको चेक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा भेट गरी एमालेका सांसदहरुका तर्फबाट संकलन भएको रु ९९ लाख ७८ हजार ३९० को चेक हस्तान्तरण गर्नुभएको हो । तराई मधेसका बाढीपीडितका लागि सहयोग गर्न सो रकम हस्तान्तरण गरिएको एमालेले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले रकम हस्तान्तरण गरेकामा एमालेलाई धन्यवाद दिनुभयो ।

भेटमा बाढीपहिरो पीडितको राहत र पुनः स्थापनाको कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको एमालेले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक

काठमाडौं । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिबेशनबाट पार्टी केन्द्रीय सदस्यमा १३७ नयाँ अनुहार थपिएका

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा तिब्र उतारचढाव आइरहेको छ । सोमबारको बजारमा प्रतितोला