back

प्रकृतिको कुचीकार मानिने पक्षी गिद्ध बर्दियाबाट हराए

वि.सं.२०७४ भदौ ७ बुधवार

765 

shares

gidda1मेनका चौधरी,७ भदौ,गुलरिया बर्दिया । आहारा प्रजातिको कमी, बासस्थानको कमी तथा घरपालुवा पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोगका कारण बर्दियाबाट गिद्ध हराउन थालेका छन् ।

गाउँघरमा फालिएका सिनो खाएर नष्ट गर्दै वातावरण स्वच्छ पार्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार पनि भनिन्छ । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध संकटापन्न अवस्थामा पाइन्छन् ।

केही दशकअघि बर्दियामा प्रशस्त मात्रामा पाइने गिद्ध हिजोआज फाट्फुट मात्र देखिने गरेका छन् । आहारा प्रजातिको कमीलगायत गिद्धको बासस्थान मानिने ठूला सिमलका वृक्ष विनाश भएपछि गिद्धको संख्या जिल्लामा कमी भएको संरक्षणकर्मी बताउँछन् ।

नेपालमा नौ प्रजातिका गिद्ध पाइने नेपाल गिद्ध संरक्षण अभियानका सदस्य सचिव रामबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार हाडफोर, सेतो गिद्ध, डंगर, सानोखैरो गिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध नेपालमा पाइन्छन् । डंगर गिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध, लामोठुँडे गिद्ध, अति संकटापन्न अवस्थामा रहेको उहाँँले बताउनुभयो ।

त्यस्तै, सेतो गिद्ध, हिमाली गिद्ध पनि संकट उन्मुख छन् । डाइक्लोफेनेक नामक औषधि प्रयोगबाट मृत्यु भएका पशुलाई गिद्धले खाएपछि मिर्गौला फुटेर मर्ने तथा प्रजनन क्षमता ह्रास हुने हुँँदा गिद्ध लोप भएको वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

नेपालमा प्रशस्त पाइने गिद्ध सन् २००६ मा एक हजार २०० जोडीमात्र भेटिएका थिए । अहिले नेपालका करिब ६४ जिल्लामा डाइक्लोफेनेक मुक्त घोषणा भइसकेपछि गिद्धको संख्या १२ हजारको हाराहारीमा पुगेको शाहीको भनाइ छ ।

बसाइँ सर्नेक्रममा बर्दियामा हिजोआज फाट्टफुट्ट मात्र गिद्ध देखिने गरेका छन् । प्रकृतिको कुचीकार मानिने गिद्ध संरक्षण गर्नुपर्छ भन्ने भावना समुदायमा जागृत नहुँदा समस्या परेको हो । पहिले पहिले बर्दियामा प्रशस्त गिद्ध देखिन्थे, उहाँले भन्नुभयो, “आहाराको कमी तथा बासस्थान विनाशका कारण हिजोआज कम देखिन थालेका छन् ।”

जनचेतनासँगै यसको संख्या वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । चरा संरक्षणमा सरकार उदासीन भएकाले पनि समस्या चुुलिएको हो, उहाँले भन्नुभयो– डाइक्लोफेनेक मुक्त भएपछि औषधि बिक्री वितरण र प्रयोग गरेको पाइएमा तीन वर्ष कैद र रु २५ हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

वि.सं.२०७४ भदौ ७ बुधवार ०३:३३ मा प्रकाशित

Himalayan Life AD
खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका–१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि...

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज (पर्सा) । एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप...

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मती । वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा...

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा...

रुखबाट लडेर युवकको मृत्यु

रुखबाट लडेर युवकको मृत्यु

बागमती । रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा...