back

साझा मञ्चले पनि पिडित नेपालीलाई सहयोग गर्ने

वि.सं.२०७४ भदौ ७ बुधवार

147 

shares
NTC AD
Global IME AD

nepali-sajha-manch
हालै देशको विभिन्न ठाउँमा भएको बाढीपहिरोबाट पिडित नेपालीहरुको पिडामा देश तथा विदेशमा रहेका नेपालीहरु आ–आफ्नो ठाउँबाट जुटिरहेका छन् । यसैक्रममा नेपाली साझा मञ्च अन्तर्राष्ट्रिय समन्वय समितिले पनि बाढीप्रभावित नेपालीको दुःखमा सहयोग गर्ने निर्णय गरेको छ । अपिल जारी गर्दै मञ्चले पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहयोग र राहत पु¥याउन इमानदारी र जिम्मेवारीका साथ अघि बढ्ने निर्णय गरेको जनाएको हो ।

मञ्चद्वारा जारी अपिल
नेपालमा अवरिल रुपमा भारी वर्षा भएका कारण बाढी र पहिरोबाट २७ जिल्ला प्रभावित भएको र प्रारम्भिक जानकारी अनुसार १४३ जनाको मृत्यू, ३० जना बेपत्ता र ४३ जना घाइते भएको तथ्यांक गृहमन्त्रालयले भाद्र ४ गते प्रेस विज्ञप्ती मार्फत जनाएको छ । बाढी, पहिरो र डुबानबाट ७९,८१२ घर पूर्ण रुपमा र १४४,४४४ घर आंशिक क्षति भएको छ ।

बाढी, पहिरो र डुबानबाट प्रभावित भएका जिल्लाहरुमा पाँचथर, झापा, मोरंग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, धनुषा, बारा, रौतहट, पर्सा, रसुवा, भक्तपुर, चितवन, मकवानपुर, बाग्लुङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कालिकोट र कैलाली रहेका छन् ।

ती प्रभावित जिल्लाहरु मध्ये पहाडी जिल्लाहरु प्राकृतिक प्रकोपको मारमा परेका हुन भने तराई मधेशका जिल्लाहरु विशेष गरेर भारतीय विस्तारवादी नीतिका कारण छिमेकी राष्ट्रलाई दुःख दिन र विवश बनाउन उपनिवेशिता लाद्ने सन्धी सम्झौता गरेर नेपालका नदीनालाहरुमा कब्जा गरिएका एवं सीमा नजिक बाँध निर्माण गरेर नेपालीभूमि डुबाउने नियतका कारणले बढी प्रभावित भएका हुन । यद्यपि पानी उत्तरबाट दक्षिणतर्फ नै बग्ने प्राकृतिक नियम अनुसार जति छेके पनि भारतको विहारले ८० वर्ष यताकै ठूलो बाढी झेल्नु परेको छ ।

विहारको १८ जिल्लाका १ करोड २१ लाख जनता प्रभावित र २०२ जनाको मृत्यू भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भारतीय शासकहरुको अदूरदर्शी नीतिका कारण नेपाली जनताहरु मात्रै हैन भारतीय जनताहरु पनि पीडित भएका छन् । भारतीय शासकहरुले हामीमाथि उपनिवेशिता लादेको भएपनि यस अवस्थामा हामीहरु उनीहरुको पीडामा रमाउन सक्दैनौ । त्यसैगरी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि पीडामा डुबीरहेको टुलुटुलु हेर्न सक्दैनौ, हामी अत्यन्तै दुखित र द्रवित भएका छौ । दुःखको यो समयमा हामी देशविदेशमा रहेका नेपालीहरुले के कसरी सकिन्छ हरसम्भव सहयोग गर्न प्रयासरत छौ ।

नेपालमा गत श्रावण २७ गतेबाट भएको भारी अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका अप्रिय घटनाहरुका समाचारलाई दुःख पीडा र विवशतापूर्वक अध्ययन र विशलेष्ण गरिरहेको हाम्रो नेपाली साझा मंच अन्तर्राष्ट्रिय समन्वय समितिले हाम्रा पीडित दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहयोग र राहत पु¥याउन इमानदारी र जिम्मेवारीका साथ अघि बढ्ने निर्णय गरेको छ ।

सो निर्णयानुसार नेपाली साझा मंच केन्द्रिय कार्यालय काठमाडौबाट संचालित “साथी अभियान” मार्फत प्रभावित जिल्लाहरुमा स्वयंसेवकहरु परिचालन गरेर सूचना संकलन, सम्प्रेषण एवं राहत पाउनबाट बंचित र पहुँच नभएका पीडितहरुलाई राहत, क्षतिपूर्ति र सुविधा उपलब्ध गराउन नेपाल सरकार र दातृ निकाय एवं संघसंस्थाहरुसंग समन्वय गरिने छ ।

बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुमा घर परिवार, अभिभावक गुमाएका पीडितहरु पनि छन् । कहाँ जाने, कसरी राहत र सुविधा पाउने भन्ने जस्ता सामान्य जानकारी पनि नभएर विचल्ली परेका सोझासिधा र निर्धा गरिब दुखी असहाय पीडितहरु पनि छन् । उनीहरुलाई “साथी अभियान”बाट हाम्रा स्वयंसेवकहरुले उनीहरुको साथी भएर आवश्यक सहयोग गर्ने छन् । यस अभियानलाई जनस्तरबाट सरकारी र दातृनिकायको उच्चतहसम्म पुराईने छ । यस अभियानमा हाम्रा स्थानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभियन्ता, संचारकर्मि, समाजसेवी, देशविदेशका सामाजिक संघसंस्थाहरुको साथ सहयोग लिनेछौ ।

हाम्रो यस “साथी अभियान”ले पक्कै पनि हाम्रा पीडित असहाय दाजुभाइ एवं दिदीबहिनीहरुलाई निश्चितरुपमा सहयोग पुर्याउने हामीलाई विश्वास छ ।

“देशका लागि केही त गरौ १” महान उदेश्य र अभियानमा समर्पित हाम्रो संस्थाको “साथी अभियान”मा सबै मनकारी नेपाली दाजुभाइ, दिदीबहिनीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाजिक संघसंस्थाहरुले सहयोगका लागि हातेमालो गर्नु हुन अपिल समेत गर्दछौ ।

धन्यवाद

वि.सं.२०७४ भदौ ७ बुधवार ०३:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...