Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

भदौं ८ गते देखि‘हामी शरणार्थी’ प्रदर्शन



hami-saradartheeचलचित्र ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । भुटानी शरणार्थीको कथावस्तुमा आधारित ‘हामी शरणार्थी’ भदौ ८ गतेदेखि देशभरका सिनेमाहलमा एकसाथ प्रदर्शनमा आउने भएको झापाको बिर्तामोडमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र निर्माण पक्षले जानकारी दिएको हो ।

कार्यकारी निर्माता कृष्ण पोखरेलले आफ्नो देशबाट लखेटिएर शरणार्थीको रुपमा बस्नुपर्दाको पीडा, भोग्नुपरेको सास्तीलाई पर्दामा उतारिएको जानकारी दिनुभयो । “आफ्नो थातथलो छाडेर विदेशीभूमिमा बस्नुपर्दाको पीडालाई समेटेर फिल्म निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “फिल्मको उद्देश्य भुटानी शरणार्थीको पीडालाई राष्ट्रिय, अन्तरराष्ट्रियस्तरमा पु¥याउनु हो ।”

निर्माता÷कलाकार प्रकाश शिवाकोटीले विजय केरुङले २० वर्ष लगाएर तयार पारेको शोधपत्रको आधारमा चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कलाकार दिलीप लिम्बूले चलचित्र एकपटक हेरेर मूल्यांकन गरिदिन आग्रह गर्नुभयो ।

रु ९५ लाखको लागतमा निर्माण गरिएको ‘हामी शरणार्थी’ दुई घण्टा ५२ मिनेट लामो रहेको छ । चारवटा गीत रहेको चलचित्रमा संगीत उत्तमजंग लिम्बूको, नृत्य निर्देशन कमल राई, छायाँकन सौरभ लामा र द्वन्द्व निर्देशन हिमाल केरुङले गर्नुभएको छ ।

चलचित्रमा नायक जीवन भट्टराई, नायिका शिल्पा पोखरेल, कलाकार नयन घिमिरे, विक्रम श्रेष्ठ, भूमिका उप्रेती, प्रतिमा रसाइलीलगायतले अभिनय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा