गैरआवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा नबराज कोइराला निर्वाचित भएका छन् ।
अगस्त २२ का दिन सम्पन्न संघको छैठौं राष्ट्रिय महाधिबेशनले उपाध्यक्षमाहरुमा डोलनाथ उप्रेती (अन्तिम), लोकनाथ त्रिपाठी, महिला उपाध्यक्षमा चन्द्रकला निरौला, महासचिवमा उज्वल होम्वां, प्रबक्तामा मुकुन्द भुसाल, सचिवमा बिबेक सापकोटा, कोषाध्यक्षमा जंग अधिकारी, महिला संयोजकमा अन्जु काफ्ले, युवा संयोजकमा प्रबिन कोइराला, क्षेत्रीय संयोजकहरुमा राज कुमार महत, मुकेश घिमिरे, श्रीकृष्ण भण्डारी र सदस्य हरुमा शोभना अधिकारी, भिम गौतम, तेजु ज्ञंवाली, याम उप्रेती,प्रेम घल निर्वाचित भएका छन् ।
एनआरएनए महिला उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यता र जर्मनीका लागि नेपाली पर्यटनदूत तथा पूर्व आइसीसी सदस्य सन्तोष भट्टराईको विशेष आतिथ्यतामा सम्पन्न महाधिबेशनमा एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त शुक्रराज न्यौपाने तथा प्रकाश सापकोटा र जिवन तिमिल्सिना रहेको निर्वाचन समितिले नयाँ कार्यसमितको निर्वाचन गरेको हो ।