Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

साताभित्रै आयुर्वेदको बिएएमएस ओजेटी कक्षा



७ भदौ, दाङ  । यहाँको आयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्रै नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन हुने भएको छ ।

त्यसका लागि सम्पूर्ण भौतिक पूर्वाधारसँगै थप विशेषज्ञ चिकित्सकसमेत आउने अस्पताल विकाश समितिका अध्यक्ष भैरव मज्गैयाले जानकारी दिनुभएको छ ।

त्यसैगरी, हेल्थ असिष्टेन्ट सरह कविराज पढ्ने विद्यार्थीले समेत यहीँ प्रयोगात्मक अभ्यास गर्न पाउने छन् । त्यसका लागि विभागीय विकासको काम भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा आवश्यक पूर्वाधार र विशेषज्ञ चिकित्सकको अभावका कारण नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन प्रतिष्ठानले यसअघि आयुर्वेदिय चिकित्सा अध्ययन गर्ने विद्यार्थीलाई समेत एलोप्याथिक अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल र तुलसीपुर अञ्चल अस्पतालमा ओजेटी गराउँदै आएको थियो ।

दुईजना डाक्टरले काम चलाइरहेको सो अस्पतालमा अहिले चारजना स्नातक तहका डाक्टर रहेका छन् भने काया चिकित्सकसहित बालरोग विशेषज्ञ समेत आएका छन् । अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउन भएका साधन स्रोतको अधिकतम सदुपयोग गरिने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा यसैबीच भर्खरै सरुवा भएर आउनुभएका निर्देशक रामकामेश्वर ठाकुरले अस्पतालमा भएका एक्सरे सेवा, भिडिओ एक्सरे सेवा तथा प्रयोगशालालाई पनि आवश्यक जनशक्तिको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा