back

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

वि.सं.२०७४ भदौ ९ शुक्रवार

204 

shares
NTC AD
Global IME AD

९ भदौ, काठमाडाँै । साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा ४–२ गोलअन्तरले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो । नेपालले उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा २–० को अग्रता लिएको थियो । नेपालका लागि दुवै गोल आकाश नेपालीले गरे । उनले खेलको छैटौंँ मिनेटमा पहिलो तथा ३० औं मिनेटमा दोस्रो गोल गरे । रन्दीप पौडेलको क्रसमा आकाशले सिक्स यार्ड बक्स बाहिरबाट पहिलो गोल गरेका थिए ।

दोस्रो गोल भने दर्शन गुरुङले मैदानमा दिएको बल दीपक भन्डाराले हेड गरे । उक्त बललाई आकाशले ट्याप गर्दै गोल गरे । त्यस्तै खेलको ६५ औंँ मिनेटमा बंगलादेशका नजमुल विश्वासको आत्मघाती गोलमा नेपालको अग्रता तेब्बर भयो । नेपालका अर्का खेलाडी ब्रिजेश चौधरीले खेलको अन्तिम समयमा थप एक गोल गोल गरेपछि नेपालको जित सुनिश्चित भयो । उनले रन्दीपको क्रसमा गोल गरेका थिए ।

यता बंगलादेशकाका फहिम र हुसेनले एक एक गोल गरेका थिए । त्यसैगरी हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको अर्को सेमिफाइनलमा भारत भुटानलाई तीन शून्य गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ । रासस

वि.सं.२०७४ भदौ ९ शुक्रवार १४:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...