युएई – नेपाली जनसम्पर्क समिति युएईले बाढीपीडीतलाई आर्थिक सहयोग गरेको छ । समितिले झापा, मोरङ र सुनसरीका बाढीपीडितहरुको उद्दार र राहतका निम्ति ४ लाख ३० हजार रुपैया राहत नेपाल पठाएको हो ।
केही दिन पहिले तराईमा आएको वर्षा र बाढीले जनजिवन प्रभावित भएपछि नेपाली जनसम्पर्क समितिले केन्द्रिय कोषाध्यक्ष मणीकुमार लामाको संयोजकत्वमा हरी खड्का, ऋषि बस्याल, बिनोद तमाङ, भुमिराज चालिसे तथा सम्पूर्ण क्षेत्रिय सभापतिहरु सदस्य रहने गरी राहत संकल समिति गठन गरेको थियो ।
समितीको केन्द्रिय र क्षेत्रीय समितीमा आवद्ध सदस्यहरु , शुभेच्छुक र अन्य ईच्छुक नेपालीहरुबाट राहत उठाई कुल रकम १५ हजार ५ सय ३६ युएई दिराम अर्थात नेपाली ४ लाख ३० हजार रुपैया संकलन गरेको थियो ।
उक्त रकम बुधबार नेपाली जनसम्पर्क समिति युएईका सभापति खेमराज बस्नेत मार्फत नेपाल पठाईएको जनसम्पर्क समिति युएईका महामन्त्री कृष्ण गौतमले जानकारी दिएका छन ।
हामीले विगतका दिनहरुमा पनि सहयोग गर्दै आईरहेका छौ नेपाली जनसम्पर्क समितिका सभापति खेमराज बस्नेतले भने अहिले पनि तराईमा आएको बाढी कारण प्रभावित बनेका परिवारहरुलाई केही राहत मिलोस भनेर सहयोग गरेका हौ ।
समितिले नेपाल पठाएको आर्थिक राहतलाई काङ्ग्रेस केन्द्रिय सदस्यहरु शेखर कोईराला, गुरुराज घिमिरे र विश्वप्रकाश शर्मा मार्फत सुनसरी , मोरङ र झापामा वितरण गरिने बस्नेतले बताए ।