
१० भदौं, काठमाडौं । रौतहट जिल्लाको दुर्गम गाउँ लौकाहामा ३० भन्दा वढी बाढीपीडितलाई राहत वितरण गरिएको छ ।
संजय स्मृति प्रतिष्ठानका तर्फबाट अध्यक्ष निरोज मास्के, रविन्द्र पाल्पाली र रिता कोइराला लगायतद्धारा राहत वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वय र जिविशको इन्जिनियर दिपेन्द्र यादवको उपस्थितिमा चामल, खाने तेल, चाउचाउ, सावुन, म्याट्रेश, ब्लाङकेट र औषधि लगायतका सामाग्री राहतस्वरुप वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले बताएकी छन् । सदरमुकाम गौरबाट ४२ किलोमिटर टाढा लौकाहामा राहत वितरण सरकार बाहेक नीजि क्षेत्रबाट सो प्रतिष्ठाननै पहिलो रहेको स्थानीयवासीले भनेका छन् । संसारन्यूजसँग कुरा गर्दै मास्केले भनिन्, ‘रौतहटका अन्य दुर्गम गाउँका जनताको हालत साह्रै कष्टकर छ अबको ध्यान त्यता जानुपर्छ ।’