प्रवासी नेपाली संघ भारत तमिलनाडु–पुदुचेरी संयुक्त राज्य समितिले चेन्नई, २५ अगष्ट २०१७ मा परम्परागत साँस्कृतिक शैलीमा नेपाली समुदायको बिचमा तीज कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ ।
महिला संघको बिभागिय समिति प्रगतिशिल महिला समितिको आयोजना तथा ६ बटै नगर समिति र राज्य समितिको ब्यावस्थापनमा भएको कार्यक्रमको अध्यक्षता माया कार्कीले र संचालन लक्ष्मी पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तब्य भक्तबहादुर कार्कीले गर्नुभयो ।
चिन्नामलै सामुदायिक हलमा सम्पन्न कार्यक्रमले भरखरै देशभित्र आएको प्रकृतिक प्रकोप बाढी पहिरो प्रति दुख ब्यक्तगर्दै यो बिपत्तिमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली सहित शोक प्रस्ताव पारित गर्यो । संघको यस राज्यले केन्द्रीय समिति मार्फत नेपाली रुपैयाँ ३६,५६० तथा कास्की माछापुच्छे गाँउपालिकाका स्थानिय पश्चिम चेन्नई नगर समितिका नेताकार्यताले नेपाली रुपैयाँ ३२,५०० आफ्नो क्षेत्रमा परेका पिडितलाई पठाएको जानकारी राज्य समिति अध्यक्षले गराउनु भयो ।
कार्यक्रममा संघका केन्द्रीय सचिव कृष्ण पालुवा सहित केन्द्रीय सदस्य बेलदास चापगाई, केन्द्रीय सल्हाकारहरु टिका पौडेल, महेन्द्र शर्मा, केन्द्रीय संगठन बिभाग सदस्य दुर्गा पौडेल, केन्द्रीयमहिला बिभाग सदस्य लिलादेवि पौडेल अतिथि हुनुहुन्थ्यो ।
प्रमुख अतिथि कृष्ण पालुवाले सम्बोधन गर्दै तीज नेपाली महिलाहरुको महिला दिवस ९८ मार्च जस्तै हो । यो पर्व धार्मिक रुपमा मनाईने भए पनि बिषेशगरि नेपाली समुदायमा मात्र मनाइने भएकोले नेपालीहरुको मौलिकपर्व हो । यस्ले बिगतमा र अझैपनि ग्रमिणक्षेत्रका महिला हरुका बर्षभरि भोगेका दुख पिडालाई सुस्केराको रुपमा गीत बनेर बिद्रोहको आवजका रुपमा गुञ्जाउने गर्छ । तर आजकल देशभित्र हुने पार्टी प्यालेसका तीजकार्यक्रम ले तीजको वास्तविक मर्ममाथी नै प्रहार गरेको छ ।
परिर्वतनको नाममा झ्याउरे भाकाका दोहोरे र पर्दशनीका अराजक गीतहरुले बजार तताएर तीजको मौलिकता हराई रहेको बेला देशभन्दा बाहिर यति टाढा आएर पनि संस्कृतिको संरक्षण र यहि हुर्केका लालाबाला लाई समेत नेपाली संस्कारको बारेमा जानकारी दिनेगरि कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो। मिरमिरे जनसाँस्कृतिक परिवारका कलाकारहरुले रोचक तीजगीत प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचकता थप्नुभएको थियो ।