back

अखिल(क्रान्तिकारी)मा पदाधिकारी चयनमा सहमति नजुटेपछि निर्वाचन

वि.सं.२०७४ भदौ १० शनिवार

117 

shares
NTC AD
Global IME AD

१० भदौ,काठमाडौँ  । नेकपा(माओवादी केन्द्र) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को पदाधिकारी चयनमा सहमति नजुटेपछि आइतबार निर्वाचन हुने भएको छ ।

निर्वाचनमा लागि संगठनका पूर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले आज निर्वाचनको कार्यतालिका प्रकाशित गरेको छ ।

आइतबार बिहान ८.०० बजेसम्म उम्मेदवारी मनोनयन गर्नुपर्ने र दिउँसो २ बजेबाट मतदान सुरु हुनेछ ।

क्रान्तिकारीको अध्यक्षका लागि रञ्जित तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत, मदन भुडाललगायतले दाबी पेश गरेको र सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको निर्वाचन समितिका संयोजक मल्लले जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी संघ र अनेरास्ववियुमा निर्वाचनबाट केन्द्रीय समिति चयन हुँदै आएको भएपनि क्रान्तिकारीमा भने पहिलोपटक निर्वाचन हुन लागेको हो ।

क्रान्तिकारीको दुई हजार ३४ मतदाता रहेका छन् । ती मतदाताले ३३ पदाधिकारी २३४ केन्द्रीय सदस्य चयन गर्नेछ । यस्तै अध्यक्ष नरेन्द्र न्यौपानेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र विधानलाई भने बन्द सत्रले पारित गरेको प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

क्रान्तिकारीको सम्मेलनको बन्द सत्रले पारित गरेको राजनीतिक प्रतिवेदनमा समाजवादी शिक्षाको आधार तयार पार्ने, शिक्षालाई राज्यको दायित्वमा राख्नुपर्ने र व्यापारीकरणको अन्त्य गर्नुपर्नेलगायतका विषय समेटिएका छन् ।

जनवादी शिक्षाको वकालत गर्दै आएको क्रान्तिकारीले नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै समाजवादी शिक्षा नीति लागू हुनुपर्ने, प्राविधिक शिक्षालाई जोड दिनुपर्ने, युवा विद्यार्थीका लागि सरकारका तर्फबाट लगानी हुनुपर्नेलगायतका विषयलाई समेटिएको प्रवक्ता बस्नेतको भनाइ छ ।

यस्तै विद्यार्थी संगठनमा रहन उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयलाई बहसमा नै रहन दिने गरी विधान पारित गरिएको छ । रासस

वि.सं.२०७४ भदौ १० शनिवार १४:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...