Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

महिला गुरुकूल स्थापनाका लागि महायज्ञ सुरु



१० भदौ, काठमाडौँ । कन्या गुरुकुल योग साधना केन्द्र तथा निरास्रित महिला एवं बाल आश्रम निर्माणमा सहयोग जुटाउन आजदेखि पशुपति क्षेत्रमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

योगिनी श्रीहम् वृन्दा बराल (निरौला ) प्रमुख वाचक भएको सो यज्ञको आज स्वामी डा विकासानन्द योगीले शुभारम्म गर्नुभयो । डा योगीले पवित्र सामाजिक उद्देश्य राखेर सप्ताह सुरु भएकामा शुभेच्छा व्यक्त गर्नुभयो ।

पशुपतिनाथ मन्दिर अगाडि गरिएको सो सप्ताहको यही भदौ १७ गते समापन हुनेछ । सप्ताहको मूल पाठ पारायणमा आचार्य पण्डित छविरमण निरौला रहनुभएको छ ।

झापामा आफ्नै अध्यक्षतामा हालै दिव्यपथ महिला सरोकार समाज दर्ता गरी योगिनी बरालले शिवसताक्षी नगरपालिका–१० माईधारमा प्रतिकट्ठा रु ११ लाखमा चार कट्ठा जग्गा खरिदका लागि आफ्नो निजी जग्गा बेचेर बैना गरिसक्नुभएको छ । उहाँले उक्त केन्द्रमा सकेसम्म निःशुल्क र महिलालाई मात्र सेवा दिइने लक्ष्य रहेको बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा