Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

तीन अर्ब बढीको कारोबार



nepal-stock-exchange

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो । गत साता कुल १७८ कम्पनीको रु तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार बराबरका ८४ लाख ४६ हजार ४६० कित्ता शेयर खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ६१७ दशमलव ८१ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ०४ अङ्कले घटेर ३३९ दशमलव ९४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १९ करोड ७५ लाख ८० हजार बराबरको शेयर कारोबार भएको थियो ।

त्यसैगरी, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम एक अग्रस्थानमा रहेको छ । सो स्किमको ३६ लाख २३ हजार इकाई कारोबार भएको थियो ।
यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

स्कटका अनुसार नेपाल एसबीआई बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, विकास ऋणपत्र २०८६ ‘ख’, सिद्धार्थ इन्सुरेन्सको शेयर सूचीकृत भएका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।