back

एनआरएन सलालाहले पनि मनायो तीज

वि.सं.२०७४ भदौ ११ आइतवार

375 

shares

teej-salalahचित्र प्रसाद आचार्य,ओमान । गैरआवासिय नेपाली सामाजिक क्लब क्षेत्रिय समन्वय परिषद सलालाह ओमानको तिज विशेष कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।
अगस्ट २५ तारिक शुक्रबारका दिन अल गमैया हल सललाहमा नेपाली महिलाहरूको महानपर्व हरितालिका तिज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको क्लबका प्रवत्ता महेन्द्र सडौलाले जानकारी गराउनु भएको छ । तिज आयोजक समितिकी अध्यक्ष गिता थापाको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा आर सि सि का सल्लाहकार चन्द्र कुमार सुनुवार हुनुहुन्थ्यो ।

salalah1
कार्यक्रमको संचालन दिपक तमाङ्ग र लक्ष्मी रसाइलीले गर्नु भएको थियो । नेपाली राष्ट्रिय गानबाट सुरु भएको तिज विशेष कार्यक्रममा कमला तमाङ्गले स्वागत राख्नु भएको थियो भने एन आर एन क्षेत्रिय समन्वय परिषद सललाका अध्यक्ष टीका प्रसाद दाहालले तिजको शुभकामना व्यक्त गर्दै आरसिसिको गतिविधिको बारेमा बोल्नु भएको थियो ।

salalah-teej
कार्यक्रममा कुवेतबाट आउनु भएका चर्चित लोक गायक डि.बि. लोप्चन लाई खादा र मायाको चिनोबाट सम्मान गरिएको थियो । अन्य कलाकारहरू लाई आयोजक टिमको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।
सोहि अवसरमा बज्जिका पत्रकार संघ ओमानका अध्यक्ष राजु कुमार श्रीवास्तव , तमाङ्ग समाज ओमानका प्रतिनिधि अनिता तमाङ्ग भुजेल लगायतका अन्य संघ संस्थाका प्रतिनिधि सहित करिब ३ सय सललाहबासी नेपालीहरूको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रमको स्पोन्सर लवकुश एक्सचेञ्ज र विनधोनि रेष्टुरेन्टले गरेको थियो भने तिज कार्यक्रमको प्रत्यक्ष प्रसारण आयोजक टिमको मिडिया पार्टनर बज्जिका पत्रकार संघ ओमानले गरेको थियो । कार्यक्रममा उपस्थित भइ भव्यरूपमा सफल बनाउन का लागि सललाह वासि सबै नेपालीहरू सहित ओमानवासि सम्पूर्ण नेपालीहरूलाई आयोजक संस्था गैरआवासिय नेपाली सामाजिक क्लब क्षेत्रीय समन्वय परिषद सलालाहले धन्यवाद ज्ञापन गरेको आर सि सि सललाहका अध्यक्ष दाहालले  जानकारी गराउनु भएको हो ।

salalah2

वि.सं.२०७४ भदौ ११ आइतवार ०६:५६ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...