back

नियमित कप्तान लामिछानेको सट्टा कप्तानीको जिम्मेवारी ऐरीलाई, यस्तो छ पुरा टिम

वि.सं.२०७४ भदौ ११ आइतवार

489 

shares
GLOBAL IME AD
NTC AD

dipendra

११ भदौ, काठमाडौं । मलेसियामा हुने एसीसी यू १९ एसिया कप छनौट खेलको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्ने भएका छन् । आईतबार घोषणा गरिएको अन्तिम टोलीमा सिंलाई कप्तानीको जिम्मेवारी दिईएको हो ।

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू १९ टोलीका प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका हुन् । टोलीमा अघिल्लो महिना सम्पन्न एसीसी यू १९ विश्वकप छनौट खेलेका अघिकांश खेलाडीहरुलाई समावेश गरिएको छ ।

नियमित कप्तान सन्दीप लामिछानेको सट्टा ऐरीलाई कप्तानको जिम्म्ेवारी दिईएको हो ।

घोषित टोलीका  सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रम भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन् ।

अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल समावेश छन् ।

वि.सं.२०७४ भदौ ११ आइतवार ०७:४१ मा प्रकाशित

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...