back

एनआरएनए आयरल्याण्डको अध्यक्षमा नवराज कोइराला

वि.सं.२०७४ भदौ ११ आइतवार

573 

shares


nrna-irelandगैर आवासीय नेपाली संघ आरल्याण्डको छैंठौ रास्ट्रीय महाधिवेसन सम्पन्न भएको छ ।
राजधानी डब्लिन स्थित टिचर्स हलमा सम्पन्न महाधिवेशनबाट निबर्तमान सल्लाहकार समेत रहनुभएका नवराज कोइराला अध्यक्ष्यमा निर्बिरोध निर्वाचित हुनुभयो ।
एन अर एन ए आइ सी सी सदस्यमा राजन काफ्ले, उपाध्यक्ष्यमा अन्तिम उप्रेती र लोक त्रिपाठी बिजयी हुनुभएको छ भने महिला उपाध्यक्ष्यमा चन्द्रकला निरौला, महासचिबमा उज्वल ह्योम्बा, प्रवक्तामा मुकुन्द भुसाल, सचिवमा बिबेकराज सापकोटा निर्बिरोध चयन हुनुभयो ।
त्यसैगरी कोसाध्यक्ष्यमा जंग अधिकारी र सहकोषाध्यक्ष्यमा रवि बोगटी र महिला संयोजकमा अन्जु काफ्ले सर्बसम्मत चयन हुनुभएको छ ।
अन्तिम समयसम्म पनि सहमति हुन नसकेपछि मतदान प्रक्रिया मार्फत दुई उपाध्यक्ष र चार सदस्य निर्बाचित हुनु भएको हो ।

त्यस्तै युवा संयोजकमा प्रविन कोइराला , सदस्यहरुमा यम उप्रेती पोर्तलुइसबाट , तेजु ज्ञवाली तिपेररी, प्रेम घले (लिमरिक), भिम गौतम (डब्लिन) , शोभना अधिकारी( महिला सदस्य डब्लिन) का साथै क्षेत्रिय कोर्डिनेटरमा राज कुमार महत (गल्वय) , श्री कृष्ण भण्डारी (कोर्क) , मुकेश घिमिरे लिमरिकबाट निर्बाचित हुनुभएको छ ।

न्वनिर्वाचित कार्यसमितिको पदाधिकारीको सपथ ग्रहण कार्यक्रम पछि सभालाइ सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष कोइरालाले आयरल्याण्डबासी सम्पुर्ण नेपालीजनहरु प्रति कृतज्ञता ब्यक्त गर्नु भयो । साथै उहाँले आगामी २ बर्षे कार्यकालमा अन्तरास्ट्रिय समन्वय परिसदसँग सहकार्य गर्दै नेपाल र नेपालीको बृहत्तर हितका कार्यमा लागी पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रम एन आर एन ए महिला सहसंयोजक रजनी प्रधानको प्रमुख आतित्थ्यता एवं जर्मनीका लागि नेपाली पर्यटनदूत सन्तोष भट्टराइको विसिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा निर्वाचन प्रक्रियालाई भब्य र सभ्य रुपमा सम्पन्न गराउन संस्थाका पूर्व अध्यक्ष्य समेत रहनु भएका प्रमुख आयुक्त शुक्रराज न्यौपानेकों संयोजकत्वमा तिन सदस्यीय निर्बाचन आयोग गठन गरिएको थियो । आयोगमा जिबन तिमल्सिना र प्रकाश सापकोटाले साथ दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै आयरल्याण्डका लागि नेपाली पर्यटनदूत तथा संस्थाका पूर्व अध्यक्ष्य गणेश प्रसाइले जिम्मेवारीका हिसाबले आफु हाल संस्था भन्दा बाहिर रहे पनि जुनसुकै बखत जस्तो सुकै सहयोग गर्न पनि आँफु तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा एन आर एन ए आइ सी सी सदस्य गंगाराम कंडेल, संस्थाका सल्लाहकार एवं नेपाल आयरल्याण्ड समाजका उपाध्यक्ष्य जिबन तिमिल्सेना, चितवन समाज आयरल्याण्डका अध्यक्ष चेतराज ओली, जनजाति संघ आयरल्याण्डका अध्यक्ष्य चन्द्र बोम्जन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने निबर्तमान महासचिव अच्युत गैरेले संस्थाको सांगठनिक र निबर्तमान कोषाध्यक्ष दिपक बोहोराले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
सँस्थाका अध्यक्ष राजन काफ्लेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले अब आउने कार्य समितिलाई शुभकामना दिदै आफ्नो तर्फबाट सधै सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।

वि.सं.२०७४ भदौ ११ आइतवार ०७:५६ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...