Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

जापानको उरुतोरा रेस्टुरेन्ट अब नेपालमा (तस्बिरसहित)



urotora1जापानको बिभिन्न शहरमा १२ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ ।
३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाइ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए ।

urotora
जापानमा रेष्टुरेन्ट ब्यवशाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए ।

urotora.2png
जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिने यो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् ।
नेपालमा घुम्न आउने जापानीजहरु, जापानीजस्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेष्टुरेन्टले थोरै भए पनि सहयोग पुग्ने बिश्वास प्रबन्ध निर्देशक केन्जी मिजुगुचीको छ ।

urotora.3png
नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेष्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा