(ओमान), मस्कट । प्रवासी नेपाली मञ्च ओमानले नेपालमा आएको अविरल वर्षाका कारण प्रभावितहरुलाई आपतकालिन राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।
नेकपा एमालेले प्रेस बिज्ञप्ति जारी गर्दै उ सम्बद्ध जनसंगठनहरुलाई तत्काल बाढी पिडितको राहत तथा उद्दारमा जुटनको लागि निर्देश गरे लगत्तै प्रवासमा रहेको नेकपा एमालेको प्रवास संगठन पनि बाढी पीडितहरुको सहयोगका लागि जुटेको थियो ।
प्रवासी नेपाली मञ्च ओमानले तत्काल मञ्चका सचिब रन्जित आचार्यको संयोजकत्वमा बाढी पिडितहरुको सहयोगमा जुटनको लागि अभियान चलाएको थियो । सोही अन्तर्गत आजसम्म संकलित रकम नेपाली रु. ८०,८०५ (असि हजार आठसय पाँच) कृषि बिकास बैंकमा रहेको नेकपा एमालेको CPN UML प्राकृतिक विपत्ति राहत कोषको एकाउन्ट A\C 0210300717917010 मा पहिलो किस्ता पठाएको छ। राहत संकलन भै रहेको र अव संकलन हुने रकम पनि यथाशिघ्र पठाउने अभियानका संयोजक रन्जित आचार्य र मञ्च का अध्यक्ष गगन कार्कीले बताउनु भएको छ ।
प्रवासी नेपाली मञ्च का अध्यक्ष गगन कार्किले बाढी पिडितका लागि आपतकालिन सहयोग गर्ने सवै सहयोगदाताहरुलाई तथा अभियानमा लागेका मञ्चका सदस्यहरु र वितरणमा खटिएका नेकपा एमाले सम्बद्ध जन संगठनहरु लाई धन्यबाद दिएका छन ।
वि.सं.२०७४ भदौ ११ आइतवार ०८:४० मा प्रकाशित