back

एनआरएनए नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन सम्पन्न, अध्यक्षमा विष्ट

वि.सं.२०७४ भदौ ११ आइतवार

468 

shares

nrna-nigeria3लेगोस, नाइजेरिया । गैर आबासिय नेपाली संघ नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ ।
अधिबेशनले जनक बिष्टको नेतृत्वमा संघको सन २०१७ –२०१९ का लागि नयाँ कार्यसमितीको चयन गरेको छ । जसमा उपाध्यक्षहरुमा बिश्वास पौडेल, बिरेन्द्र गुप्ता, उर्मिला रोका महासचिबमा रोशन थापा, कोषाध्यक्षमा रोहित भाङ्गर, सचिबमा अभिषेक मान सिंह र भरत रिजाल, महिला संयोजकमा अन्जु पौडेल, युबा संयोजकमा इन्द्र टन्डन र सदस्यहरुमा प्रकाश अर्याल, रुद्र दर्लामी मगर, आरती न्यौपाने टन्डन, मदन बोहोरा, उत्तम पौडेल, सारिका क्षेत्री र सन्तोष योगीलाई निर्बाचित गरेको छ ।

nigeria1
त्यसैगरी अधिबेशनले चिरञ्जीवी रोकालाई अन्तरास्ट्रिय समिती (आइसीसी) को सदस्यमा मनोनयन गरेको छ भने प्रमुख सल्लाहकारमा हिक्मत थापालाई चयन गरेको छ भने अन्य सल्लाहकारहरुमा चिरञ्जीवी रोका, डा.तारा प्रसाद श्रेष्ठ, राजेन्द्र मुल्मी र मन थापालाई चयन गरेको छ ।

संघको छैटौं राष्ट्रिय अधिबेशनको समुद्घाटन गर्दै संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए नाइजेरियाले आफ्नो दशबर्षको इतिहासमा अफ्रिकामा रहेका नेपालीको दुःखसुखमा एनआरएनएलाई एकमात्र सहयोगी सस्थाको रुपमा स्थापित गराएको र अप्ठ्यारोमा पर्दा मातृभूमीलाई सकेको सहयोग गरेकोमा सबैलाई गौरावान्नित गराएको बताउनु भयो ।

nigeria2
त्यसैगरि सभामा अन्तरास्ट्रिय समितीका सदस्य चिरञ्जीवी रोका, नवनिर्बाचित अध्यक्ष जनक बिष्ट, आरति न्यौपाने टन्डन, राजेन्द्र मुल्मीले शुभकामना मन्तब्य राख्नु भएको थियो भने बिश्वास पौडेलले संघको सन २०१५–२०१७ को प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो ।

वि.सं.२०७४ भदौ ११ आइतवार ०९:०७ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...