११ भदौ, त्रिशूली(नुवाकोट), । गए राति परेको अविरल वर्षापछि आएको बाढीबाट जिल्लाको पूर्वी क्षेत्रमा हजाराँैं रोपनी खेतको धान नष्ट भएको छ ।
पञ्चकन्या गाउँपालिका वडा नं २ सिक्रेको कुडुले खोलामा आएको बाढीले छबिसे फाँट र आठबिसे फाँटमा लगाइएको धान नष्ट गरेको वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिनुभयो ।
खोलाले मानवीय क्षति तथा घरमा क्षति नपु¥याए पनि दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली बगाएको र यसबाट किसानले लाखौंँ रुपैयाँको क्षति व्यहोर्नुपरेको बताइएको छ । बाढीले धानखेत नै बगाएका कारण किसानले बगर भएको खेतलाई खेतीयोग्य रुपमा बनाउन पनि लाखौंँ खर्च गर्नुपर्ने भएको वडाध्यक्ष मिश्रको भनाइ छ ।
वि.सं.२०७४ भदौ ११ आइतवार ०९:२५ मा प्रकाशित