back

तिजको रहर आयो बरिलै भन्दै नाचे कतारमा नेपाली दिदीबहिनी

वि.सं.२०७४ भदौ ११ आइतवार

516 

shares
IME Limited
NTC AD

teej-in-uae--nepali-samaj-2074-2

महेन्द्रप्रसाद पोखरेल

नेपाली महिला समाज कतारले हरितालीका तिजको अबसर पारेर रमाईलो तिज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । बिगत बर्षौँ देखि परदेशमा दिदी बहिनीहरुलाई दर ख्वाउँदै बिभिन्न साँस्कृतिक कार्यक्रम पस्कँदै आएको महिला समाजले यो पटक पनि भब्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो।

दोहाको गल्फ प्याराडाईज होटलको सभाहलमा भएको औपचारीक कार्यक्रमको संचालिका संस्थाकी महासचिव अम्विका खत्रीले संचालन गरेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष सुस्मिता भुसालले सभापतित्व गरेकी थिइन। महिला समाज कतारले आयोजना गरको उक्त रमाईलो तिज कार्यक्रम चेपाङ बालबालिकाहरुको सहयोगार्थ गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली नियोग कतारका राजदुत प्रोफेसर रमेश प्रसाद कोइराला, विशेष अतिथी नेपाली नियोग कतारका िद्वतिय सचिव गायत्री पौडेल, नेपाली नियोग कतारकी श्रम कन्सुलर गिरिजा शर्मा, एनआएनए आईसिसिका सदस्य हंसराज ढकाल, व्यवसायी राजेन्द्रकुमार शर्मा, एनआरएनए एनसिसि कतारका अध्यक्ष विनेश तामाङ, नेपाली महिला समाज कतारका मानर्थ सदस्य तथा पत्रकार तिलविक्रम थेवे लगायत विभिन्न नेपाली संघसस्थाहरूका प्रतिनिधी साथै महिलाहरूको बाक्लो उपस्थिती रहेको थियो ।

teej-in-uae--nepali-samaj-2074-1औपचारीक कार्यक्रम कार्यक्रमलाई समापन गर्दै सभापति तथा समाजकी अध्यक्ष सुष्मीता भुषालले नेपाली महिला समाज नितान्त सामाजिक सँस्था रहेको र कार्य गर्दै जाने क्रममा केहि कमिकमजोरी जो कोहीबाट पनि हुन सक्ने तर स–साना बस्तु परिबेशलाई तिलको पहाड बनाउँदै रानैतिक छाता नओडाउन आग्रह गरिन।

कार्यक्रममा नेपाली नियोगका राजुदुत कोइरालाले प्रवासमा रहेर पनि आफ्नो डिउटीबाट बचेको समयलाई सदुपयोग गर्दै सातको एक दिने बिदामा गरेको नेपाली नारीहरूको महान चाड हरितालीका तिजको बृहत कार्यक्रम गर्न सफल हुनु भएकोमा तिजको समस्त नेपाली चेलीहरूलाई शुभकामना व्यक्त गर्दै नेपाली महिलाहरूलाई कुनै पनि समस्या परेको खण्डमा दुतवासमा आएमा दुतावास सदैव सहयोग गर्न तत्पर रहेको जनाए ।

नेपाली महिला समाज कतारले कार्यक्रम विच कतारमा छरिएर रहेका सम्पुर्ण नेपाली नारीहरूलाई एकता गर्दै बृहत साँस्कृतिक कार्यक्रम समेत गरेको थियो । प्रवासमा रहेका नेपाली नारीहरू भरपुर मनोरञ्जन दिन नेपालबाट ३ जना कलाकार समेत आएका थिए । कार्यक्रममा भरपुर मनोरञ्जन बनाउने क्रममा नृत्यङ्गना प्रमिला खनालले मलाई दुईचुल्टि बाटेर फुल लाउन मन पर्छ टिपिदेउन साईला दाई” बोलको गितमा बेजोड नृत्य प्रस्तुत गरेर दर्शकहरूलाई भरपुर मनरोन्जन प्रदान गरेकी थिईन ।

यसै गरि गायिका अमृता सम्बाहाम्फे लिम्बूले आफ्नै एल्बम “लुमा फुल” बाट मत लुमा फुलकी पत्ता हो भर्खर फुलेकी र “झुम्के माईला” जस्ता बोलका गितहरू पस्केर उपस्थित दर्शकहरूलाई मज्जाले नचाएकी थिईन । कार्यक्रमकी आकार्षक अतिथी कलाकार चन्दा अर्यालले मेरो लचकै कम्मर, ओहो महादेब खैत मेरो मायाँ चिनेको,चाहिदैन मलाई चाहिदैन,मेरो रूपैले पोखरामा तहल्का मच्चायो,साईला घन्काईदेउ मादल नाच्छु बुरूक बुरूक जस्ता गीतहरू पस्केर कार्यक्रममा महिला मात्र भएर पुरूषको पनि बाक्लो उपस्थिति रहेकोले पुरूषलाई समर्पित गर्द ” मेरै रूप हेरी हेरी सबको मन जल्छरे” बोलको गीत गायर उपस्थिति सम्पुर्णलाई भरपुर मनोरञ्जन प्रदान गरेकी थिईन ।

यसै चर्चित लोक दोहोरी गायिका देवीका केसीले उनकै चर्चित गित ‘बाजि ठोकौ आउ’बोलको गित गायर दशर्कहरूलाई मनोरञ्जन प्रदान गर्न कत्ति कन्जुसाई गरिनन् भने कतारमा कार्यरत स्थानीय कलाकारहरूले पनि उक्त कार्यक्रममा मनोरञ्जन प्रदान गर्न कति कमि भएन्न जसमा कलाकार रेखा गुरूङको सयुक्त ग्रुप नृत्यले महिला समाजको कार्यक्रमको माहोल झनै ततायो भने ‘आयो तिज’ बोलको गितमा आफ्नो नृत्य प्रस्तुत गर्दै सल्मा लामाले आफ्नो बारूली कम्मर मर्काइन। यसैगरि गायीका विनिता केसीले – छम्मा छम्मा बादालु तालैमा, रोशिका र सानु ‘तिज आयो’ बोलको गितमा नृत्य, भन्छु आज मनका कुरा “राज लामा र रजनि लामाको सयुक्त नृत्यले झनै माहोलको उर्जा थपेको थियो भने उक्त अनौपचारिक कार्यक्रम संचालन चर्चित लोकदोहोरी गायिका देविका केसी गुरुङले गरेकी थिइन ।

वि.सं.२०७४ भदौ ११ आइतवार १४:३० मा प्रकाशित

एनआरएनए युकेको निर्वाचन अवैधानिक भएको गाहा मगरको आरोप

एनआरएनए युकेको निर्वाचन अवैधानिक भएको गाहा मगरको आरोप

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को आसन्न...

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

कम्पाला । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको २०२५–२०२७ कार्यकालको लागि...

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...