back

भारतले हरायो नेपाललाई, नेपाल उपविजेतामा सीमित

वि.सं.२०७४ भदौ ११ आइतवार

573 

shares

११ भदौ, काठमाडौँ । भारतले नेपाललाई पराजित गर्दै साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपको उपाधि जितेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई दुई–एक गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि समूह चरणमा पनि नेपाललाई भारतले समान दुई–एक गोल अन्तरले नै पराजित गरेको थियो ।

खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । मध्यान्तरसम्म नेपाल एक–शून्यले अगाडि रहेको थियो । खेलको ४१ औँ मिनेटमा नेपालका लागि ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेका थिए । भारतीय डिफेण्डरले नेपालका रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएको थियो ।

मध्यान्तरपछि भारतले दुई गोल गरयो । खेलको ५९औँ मिनेटमा लालरोकिमाले गोल गर्दै खेललाई एक–एकको बराबरीमा पु¥याए । खेलको ७५औँ मिनेटमा भारतीय कप्तान विक्रमप्रताप सिंहले थप एक गोल गर्दै आफ्नो टिमलाई विजयी गराए । नेपालले मध्यान्तरपछिको खेललाई जोगाउन नसम्दा हार बेहोर्न बाध्य बन्यो । हारसँगै नेपाल च्याम्पियनसिपको उपविजेतामा सीमित बन्यो । सेमिफाइनल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने भारतले भुटानलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको थियो । रासस

वि.सं.२०७४ भदौ ११ आइतवार १४:५२ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...