गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व संयोजक पदमा कुवेतबाट धर्मराज गिरीले उम्मेदवारी दिएका छन् ।
संघको यहि अक्टोबरदेखी १४ देखि १७ सम्म हुने आठौं विश्व सम्मेलनका लागि गिरीले खाडी राष्ट्रहरुको तर्फबाट संयोजक पदमा उम्मेदवारी दिएका हुन् ।
गिरीले एनआरएनए मध्यपूर्व संयोजकमा उम्मेदवारी दिदैं १२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेका छन् । १२ बुँदे घोषणापत्रको तेश्रो नं मा गिरीले नेपालमा उत्पादन भएका खाद्यान्न तथा ह्याण्डीक्राफ्ट लगायतका सामानको मध्यपूर्वका नागरिक समक्ष पु¥याउनका लागि खाडी राष्ट्रका विभिन्न देशमा रहेका नेपाली दूतावासँग सहकार्य गर्दै सम्बन्धीत देशसँग अनुरोध गर्ने बताएका छन् ।
हाल मध्यपूर्व उपसंयोजकको जिम्मेवारी सम्हालिरहेका गिरीले सार्वजनिक गरेको १२ बुँदे घोषणापत्र यसप्रकार रहेको छ ।
१-मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरुको लागि दूताबासबाटै श्रम गर्ने प्रावधानलाई यथासक्य कार्यान्वयनमा ल्याउन पहल गर्ने ।
२ मध्यपूर्वमा रहेका देशहरुमा देशको कानुन परिधि हेरी नेपालीहरुलाई अन अराइभल भिसाको लागि सम्बन्धित दूताबाससंग समन्वय गरेर सरकारलाइ माग गर्ने ।
३-नेपालमा बनेका खाद्यान्न ह्यान्डीक्राफ्ट जस्ता सामानहरुको मध्यपूर्वी देशमा बजार विस्तार गर्नका लागि मध्यपूर्वमा रहेका नेपाली दूताबासहरुसँग सहकार्य गरी सम्बन्धित देशहरुसँग अनुरोध गर्ने ।
४-मध्यपूर्वमा रहेका सम्पूर्ण हामी नेपालीहरुको लागि एक हप्ता न्युनतम सेलरी बनाउन नेपाल सरकारसँग सहकार्य गरी अघी बढाउने, न्युनतम भन्नाले जुन पैसाले परिवारलाई घर खर्च, खान बस्न र छोराछोरीलाई उच्च शिक्षा हासिल गर्न पुग्ने गरी ।
५-मध्यपूर्वमा रहेका हामी नेपालीहरु तल्लो लेबलको मात्र काम नभएर सिपमुलुकहरु जस्ता ट्रेडमा बढी मात्रामा नेपाली कामदारहरुको मागहरुलाई मात्र बढी मात्रमा माग गरियोस भनेर नेपाली दूताबासहरुसँग सहकार्य गरी अगाडि बढाउन सरकार सग अनुरोध गर्ने ।
६-मध्यपूर्वमा रहेका देशहरुमा नेपालीहरुको जनसंख्याको आधारमा नेपाली स्कुल, नेपाली होटेल, नेपाली ब्यापार जस्ता लगायत खोल्न तथा बिस्तार गर्न नेपाली दुताबाससँग सहकार्य गरी अघी बढाउने ।
७-मध्यपूर्वमा आउनु चाहेको खन्डमा हाम्रो देशको परिस्थितिलाई मध्यनजर राख्दै डाक्टर नर्स र इन्जिनरहरु बढीमा बढी भित्राउने । जसको कारण मध्यपूर्वमा रहेका नेपालीहरुको सिर उच्च रहोस् ।
८-मध्यपूर्वमा रहेका सबै देशहरुमा कसैको मृत्यु नहोस्, यदी भएको खन्डमा त्यो नेपालीको शबलाई ढिला नगरी,ं ४८ घन्टाभित्र नेपाल पठाउनु सक्ने व्यवस्था गर्न दूताबासहरु सँग सहकार्य गर्ने ।
९-नेपाली भाषा, कला, सस्कृतिक साहित्यको बिकासका लागि कार्यक्रमहरुको तय गरी नेपाली दूताबासहरुसँग सहकार्य गरी अघि बढ्ने ।
१०-मध्यपूर्वमा जाने नेपाली कामदारहरु ठगीमा नपरुन (मेनपावर तथा कामदार लाने कम्पनीबाट) भनेर एउटा छुट्टै किसिमको मेकानिजम नियम तर्जुमा गरी नेपाली दूताबासहरुसँग सहकार्य गरी सरकार समक्ष पेस गर्ने ।
११-मध्यपूर्वमा कार्यरत नेपाली कामदारहरु नेपालमा मेडिकल फिट र सम्बन्धित देशका कम्पनीमा गएर मेडिकल अनफिट हुने नेपाली कामदारहरुलाई नेपाल फर्काउदा सम्पूर्ण खर्च कामदार लाने कम्पनीले दिन पर्ने जस्ता कुराहरुको नियम बनाइ दूताबास मार्फत पहल गर्ने ।
१२-मध्यपूर्वमा रहेका सम्पूर्ण घरेलु कामदार सम्बन्धित देशका नेपाली राजदुताबसमा कम्तिमा ६–६ महिनामा घर साहुले पेस गराउनु पर्ने ताकी उस्को सम्पूर्ण सम्स्या दूताबासमा खुल्लम खुल्ला राख्न पाउने जस्ता नियम बनाइ नेपाली दूताबासहरुले सम्बन्धित देशका सरकारसँग सहकार्य गरी नियम पालना गराउन पहल गरियोस् ।
वि.सं.२०७४ भदौ १२ सोमवार ०६:२४ मा प्रकाशित