Logo
२१ माघ २०७९, शनिबार
     Sat Feb 4 2023
E-paper
  English Edition
   Unicode
Logo

युएइमा कार्यरत सापकोटा दम्पत्तीको रहस्यमयी मृत्यु



pppयुएई  । युएइमा कार्यरत चितवनका एक दम्पत्तीको रहस्यमय तरिकाले मृत्यु भएको छ । युएइको दुबईमा कार्यरत चितवनको रत्ननगर बछौलीका पर्शुराम सापकोटा र उनकी श्रीमती कल्पना सापकोटा शनिबार साँझ मृत अवस्थामा भेटिएका हुन ।
शुक्रबार साँझ डेरादुवइमा रहेको आफ्नै कोठामा सुतेका उनीहरु अर्कोदिन शनिबार मृत अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ । कल्पनाको घाँटी रेटिएको र पर्शुराम  झुण्डिएको अवस्थामा फेला परेका थिए ।
तीनवर्ष अघि युएइ पुगेकी कल्पनाले नै भिसाको व्यवस्था गरिदिएपछि पर्शुराम केही समय अघिमात्र युएइ पुगेका थिए । कल्पनाका दाइ नवराज दवाडी पनि युएयमै कार्यरत रहेको बताइएको छ ।
कल्पना अलशाया कम्पनीको दुवई मलमा रहेको चिजकेक फ्याक्ट्रीमा रेष्टुरेण्टमा कार्यरत थिइन् भने पर्शुराम होटलमा कुक सहयोगीको रुपमा कार्यरत रहेको बताइएको छ । उनीहरुका दुई छोरा रहेका छन् ।

मृतकको शव डेरादुवई प्रशासनले लगेको छ । उनीहरुको मृत्युका कारणबारे थप अनुसन्धान भइरहेको छ । यसबारेमा नेपाली दूतावास आबुधाबीमा जानकारी नआएको प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको