back

लमजुङ जिल्ला अलैँची जोन कार्यक्षेत्र बन्दै

वि.सं.२०७४ भदौ १२ सोमवार

429 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१२ भदौ, बेँसीशहर (लमजुङ) । स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरिएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।

उहाँका अनुसार प्रस्तावित कार्यक्षेत्रमा दूधपोखरी, दोर्दी, मस्र्याङ्दी, क्व्होला सोथार गाउँपालिका र बेँसीशहर नगरपालिकाको केही क्षेत्र रहेको छ ।

कार्यक्षेत्रमा बेँसीशहर नगरपालिकाअन्तर्गत वडा नं ५ नाल्मा र वडा नं १० बाँझाखेत रहेको छ भने मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत १ देखि ८ सम्मको भूभागलाई समेटिएको छ ।

यसैगरी दूधपोखरी गाउँपालिकाको गौडा, विचौर, दूधपोखरी र इलमपोखरीलाई समेटिएको छ भने दोर्दी गाउँपालिकाको वडा नं ४ देखि ९ सम्मका वडालाई समेटिएको छ । त्यस्तै क्व्होलासोथार गाउँपालिकाअन्तर्गत सिङ्दी, पसगाउँ, भुजुङ, उत्तरकन्या, भोजे, गिलुङका केही वडा परेका छन् ।

अलैँची जोन कार्यक्षेत्र घोषणाका लागि न्यूनतम ५०० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधानअनुसार ६२५ हेक्टर क्षेत्रफल प्रस्ताव गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

यसअघि जिल्लामा एउटा ब्लग र २० वटा पकेट क्षेत्र निर्धारण गरिएको थियो । ब्लगका लागि न्यूनतम ५०० रोपनी र पकेटक्षेत्रका लागि १०० रोपनी क्षेत्रफल निर्धारण गरिएको छ ।

प्रस्तावित कार्यक्षेत्रलाई जिल्ला कृषि विकास कार्यालयमार्फत कृषि मन्त्रालय पठाइएको छ । मन्त्रालयको स्वीकृतिपछि सो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन हुनेछ ।

अलैँची प्रवद्र्धन केन्द्रित सो परियोजना १० वर्षसम्म सञ्चालन हुने अध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रम कार्यान्वयन भएसँगै थप १५० क्षेत्रफल जमिनमा कार्यक्षेत्र विस्तार गरिने अध्यक्ष तामाङले बताउनुभयो ।

लमजुङका किसानले अलैँचीखेतीबाट मनग्य आम्दानी लिइरहेका छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ । रासस

वि.सं.२०७४ भदौ १२ सोमवार ०७:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
नागरिकको जीवनस्तर उकास्न परम्परागत बाली विस्तार गर्दै नगरपालिका

नागरिकको जीवनस्तर उकास्न परम्परागत बाली विस्तार गर्दै नगरपालिका

चितवन । चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा...

दाङमा जडीबुटी उत्पादनमा वृद्धि

दाङमा जडीबुटी उत्पादनमा वृद्धि

देउखुरी (दाङ) । दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर,...

मल उत्पादन गर्न भैँसीपालन

मल उत्पादन गर्न भैँसीपालन

झापा । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना...

विदेशी भुमिमा रातदिन पसिना बगाउने नेपालीले प्रसाईंको कृषि फार्म हेर्नैपर्छ

विदेशी भुमिमा रातदिन पसिना बगाउने नेपालीले प्रसाईंको कृषि फार्म हेर्नैपर्छ

सुन्दरबजार (लमजुङ) । कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि...

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक...

कृषि ज्ञान केन्द्रद्वारा आलु प्रवर्द्धन गर्न आलुखेती विस्तार

कृषि ज्ञान केन्द्रद्वारा आलु प्रवर्द्धन गर्न आलुखेती विस्तार

गलकोट (बागलुङ) । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले...