Logo
१६ माघ २०७९, सोमबार
     Mon Jan 30 2023
E-paper
  English Edition
   Unicode
Logo

बाढीले कृषिमा ७७ करोड र शिक्षामा २१ लाखको क्षति



flood

१२ भदौ, नवलपरासी । नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पु¥याएको छ । बाढीले करिब रु ७७ करोड ३३ लाख १९ हजार बराबरको क्षति भएको बताइएको छ ।

अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।

खाद्यान्न बालीमा रु ६७ करोड ८७ लाख, तरकारीमा चार करोड २६ लाख र माछामा पाँच करोड १८ लाख बराबरको क्षति भएको कृषि विकास कार्यालयका प्रमुख तेजनरायण गैरेले बताउनुभयो ।

बाढीले नवलपरासीको १५ वटा स्थानीय तहमध्ये विनयी त्रिवेणी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा क्षति भएको छ । यस्तै मध्यबिन्दु, बर्दघाट र रामग्राम नगरपालिकाको कृषि क्षेत्रमा क्षति पुगेको छ ।

सबैभन्दा बढी सरावल गाउँपालिकामा रु २३ करोड ७८ लाख ६२ हजार, प्रतापपुरमा रु चार करोड २१ लख ३३ हजार, पाल्हीनन्दनमा रु२५ करोड ९२ लाख ५४ हजार, विनयी त्रिवेणीमा रु ३४ लाख १० हजार, सुस्तामा रु २४ करोड एक लाख ७५ हजार बराबरको उपज क्षति भएको छ ।

यस्तै रामग्राम नगरपालिकामा रु ६६ लाख ४४ हजार, बर्दघाटमा ५८ लाख ४१ हजार र मध्यबिन्दुमा १७ करोड ९५ लाख २० हजार बराबरको कृषि उपज क्षति भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको नागरिकता मात्रै बदर भएन, सांसद पद, गृहमन्त्री

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा