back

कुश्मा–बलेवा यान्त्रिक पुलले अठार प्रतिशत लाभांश बाँड्ने

वि.सं.२०७४ भदौ १२ सोमवार

225 

shares
NTC AD
Global IME AD

KUSHMA BALEWA

१२ भदौ, फलेवास (पर्वत) । पर्वतको सदरमुकाम कुश्मादेखि छिमेकी जिल्ला बागलुङको बलेवा जोड्नेबाट कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले गएको आवको नाफाबाट १८ प्रतिशत लाभांश शेयर धनीलाई वितरण गर्ने भएको छ ।

उक्त लिमिटेडले आव २०७३÷७४ मा रु ९० लाख ४७ हजार ३९४ मुनाफा वितरण गर्न लागेको हो ।

लिमिटेडको शनिबार सम्पन्न छैटौँ साधारणसभाले यस वर्ष १८ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाले स्वीकृति दिएपछि रु ९० करोड ४७ हजार मुनाफा वितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । “यस वर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्वीकृत गरिएको छ”, उहाँले भन्नुभयो । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठित व्यवसायीदेखि कुश्मा र बलेवा क्षेत्रका ४६२ सर्वसाधारणले लगानी गरेका छन् । गत वर्ष २० प्रतिशत मुनाफा वितरण गरेको थियो ।

पुलबाट दैनिकजसो ५०० सर्वसाधारणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट वृद्ध, सुत्केरी, अपांगता भएका व्यक्तिले सबैभन्दा बढी फाइदा लिएको सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो ।

पुलमा यात्रा गर्ने बलेवा क्षेत्रका बासिन्दाले एकतर्फी यात्रा गरेको रु ८५ तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रुहरु बलेवा जानका लागि रु ११४ तिर्नुपर्र्ने हुन्छ ।

वि.सं.२०७४ भदौ १२ सोमवार १०:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...