Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए साउदीको अध्यक्षमा नारायण पासवान र आइसीसी सदस्यमा जोन अर्यालको उम्मेदवारी



nnrna-ksaदमाम । आउदो सेक्टेम्बर २ तारिख दमाम स्थित अलख्यात होटलमा हुनगइरहेको एनआरएनए साउदीको छैटौं महाधिवेशनको लागि आइसिसी सदस्यमा विगत २ दशक देखि साउदीमा व्यवसाय गर्दै आउनु भएका समाजसेवी जोन (राजेन्द्र ) अर्यालले उम्मेदवारी दिनुभएको छ ।

एनआरएनए साउदीका महासचिव तेज बहादुर थापाका अनुसार साउदीले ०१७-०१९ को लागि एक आईसीसी सदस्य प्राप्त गरेको छ ।

चन्द्र प्रकाश भण्डारीको संयोजकत्वमा गठित महाधिवेशन समितिले अगस्ट १० सम्म उम्मेदवारी आव्हान गरेको थियो जसअनुसार आईसिसि सदस्ताको लागि जोन अर्याल एक्ला उम्मेदवारी थिए ।

तपाईंको उम्मेदवारी किन ? भन्ने प्रश्नमा समाजसेवी अर्यालले भन्नू भयो “विविध कारणवश स्वदेशमा बढ्दो बेरोजगारीको कारण दक्ष एवम् अदक्ष धेरै नेपालिको रोजाईका गन्तव्यहरु मध्येको प्रमुख गन्तव्य साउदी अरेबियामा बिगत करिब दुई दशक देखी बिभिन्न उतारचढाव पार गर्दै आउनेक्रममा बहुशंख्यक नेपाली श्रमिकहरुले नियमितरूपमा उपभोग गर्दै आएका अवसरहरुलाई अरु बढी प्राभावकारी र भोग्दै आएका विभिन्न कठिनाइपुर्ण चुनौतीहरुलाई न्यूनीकरण गराउनका लागी हाम्रो गैर आवासीय नेपाली संघले स्थानीय तहदेखि नै प्रयास गरेको सर्वबिदितै छ,उक्त प्रयास लाई क्षेत्रीय र राष्ट्रिय स्तर देखि अन्तर्राष्ट्रिय तहको सचिवालयमा आबाज बुलन्द गराउदै एनसीसी साउदी र आईसीसी सचिवालय बीचमा सुमधुर सम्बन्ध कायम गर्न साथै समन्वयकारी भुमिका निर्वाह गर्नका लागी एक बलियो खम्बा वा पुल बन्न सक्नेछु भन्ने आत्मबल का साथमा मेरो उम्मेदवारी दिन उपयुक्त सम्झेको हुँ !”

लामो समयदेखि व्यवसाय गर्दै अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गरी समाजसेवीका रुपमा पहिचान बनाएका जोन अर्यालको उम्मेदवारी आशामुखी भएको जानकारहरु बताउछ्न ।

उसोत निर्वाचन समितिले आफ्नो कार्यतालिका बमोजिम दावी बिरोध, उम्मेद्बारहरुको साक्षत्कार छलफल , प्रश्नोत्तर , वक्तव्य र उम्मेद्बारी फिर्ता लिन सक्ने सबै म्याद सकिएकोले आईसीसी सदस्य जोन अर्याल पक्का पक्की बनिसक्नु भएको छ ।

यसरीनै एनआरएनए एनसिसि साउदि अरबको कार्यकाल २०१७-१९ का लागि उम्मेद्बारहरुको अन्तिम सुचि माहाधिवेशन समितिले प्रकाशित गरेको छ ।
जसअनुसार
•आइसिसी सदस्यः जोन अर्याल,एनसिसी साउदी अरब

•अध्यक्ष: नारायण पासवान

• बरिष्ठ उपाध्यक्ष: डमर यादव
• उपाध्यक्ष: ध्रुब कुमार रिजाल , उषा न्यौपाने के.सी.
• महासचिवः तेज बहादुर थापा
• सचिवः बिशाल कुमार श्रेष्ठ
• कोषाध्यक्षः १ (रिक्त)
•सह कोषाध्यक्षः योगेन्द्र बहादुर श्रेष्ठ
• महिला संयोजकः रबिना अर्याल
• युवा संयोजकः राज कुमार श्रेष्ठ
• सदस्य (पुर्बी क्षेत्र): भोला नाथ पौडेल , रोशन कुमार श्रेष्ठ
• सदस्य (अल कसिम): भक्त रार्इ
• सदस्य (ताबुक): मनोज बराल
• सदस्य (जेद्धा): रिक्त
• सदस्य (रियाद): शरद कुमार शर्मा
• सदस्य स्वतन्त्र: उमेश भटरार्इ, दिपक शाही, बिष्णु पोख्रेल, नारायण भटरार्इ, भुपेन्द्र लामा (२ सदस्य रिक्त) रहेका छन ।
थप गर्नुपर्ने रिक्त पद बाहेक माथी उल्लेखत आकांक्षी उम्मेदवारहरु महाधिवेशन पछि निर्विरोध निर्वाचित हुनेछन ।

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक