आफु १० देखि १२ वर्षसम्म यौटै घरमा काम गर्दै आएका ति महिलाहरु आफुले यौटै देशमा बर्सेनि बिताए पनि अहिले छुुट्टीमा गएर फर्कन नपाउने नियम नालायक सरकारका गैरजिम्मेवार कर्मचारीले लागू गरेपछि समस्यामा परेका हुन् ।
सालिकराम आचार्य
मस्कट, ओमान
सरकारले खाडीका महिलाहरुलाई हेर्ने नजरले गर्दा वैदेशिक रोजगारीका लागि खाडीमुलुकमा रहेका घरेलु कामदार महिलाहरुमा तनाव भएको छ । लामो समयदेखि खाडी मुलुकमा घरेलु काम गर्दै आएका महिलाहरू चार्ड पर्व आउनासाथ आखाँभरि आंसु राखेर आफ्नै सरकार र सरकारी निकायलाई धिक्कारेर बस्न बाध्य भएका छन । आफु १० देखि १२ वर्षसम्म यौटै घरमा काम गर्दै आएका ति महिलाहरु आफुले यौटै देशमा बर्सेनि बिताए पनि अहिले छुुट्टीमा गएर फर्कन नपाउने नियम नालायक सरकारका गैरजिम्मेवार कर्मचारीले लागू गरेपछि समस्यामा परेका हुन् ।
आफ्ना बालबालिकालाई शिक्षा र बुढा बाबू आमा र कतिपयका सासू ससुरालाई नै पाल्दै आएका धेरैजसो महिलाहरु कुनै न कुनै अबस्थामा एकल भयका तथा घरपरिवारको जिम्मेवारी पायका नै रहेका छन । देशभित्र सरकार र सरकारले पालेका दलालहरुले बसि नसक्नु बनाएर प्रबास छिरेर काम गरेको पनि यी दलालहरुलाई पचेको छैन भन्दै आक्रोस पोख्छन ।
नेपाल सरकारले खाडिमा रहेका समस्याहरु को समाधान गर्नुको सट्टामा कामदारहरुलाई नै जान रोकेको र ४ बर्ष देखि १०–१२ बर्ष सम्म ओमान लगायत खाडीका देशहरूमा घरेलु कामदारको रूपमा कार्यरत महिला कामदारहरु बिदामा स्वदेश गएर पुनः फर्कदासम्म पनि उनीहरुलाइ आफुले बर्षौं देखि गरिरहेको रोजगारीबाट बन्चित गराएर सरकारले महिला कामदारको अपहेलना गर्नुको साथै उनिहरु मार्फत भित्रीएको रेमिट्यान्सको पनि कदर गरेको छैन । यसमा कुनै शंका छैन पहिलोपटक बैदेशिक रोजगारमा जाने कामदारका हितमा ठोस कदम उठाउनु पर्छ । तर सरकारले आफ्नो संरक्षणमा वैदेशिक रोजगारका लागि पहल गर्नुपर्नेमा ध्यान दिनु सट्टा मेनपावर कम्पनीको दलालीमा सङ्गलन्न रहेका सरकारका भ्रष्ट कर्मचारी हरुको अध्यागमनले आफ्नो लाजै नभएको रिपोर्ट पेसगरि बर्षौ देखी आउजाउ गरिरहेका महिला कामदारहरुको रोजी रोटी खोसेर के कति नै गरें भनी आफ्नो घाँटीको कलर आफै माथि उचालेर बसेका छन ।
बिदाको अवदी सकिएर पुनः फर्कन नपाएका महिला कामदारहरुले देशका विभिन्न निकाए तथा मिडियामा पुगेर हार गुहार गरेका छन, तर समस्या भने हल होला जस्तो छैन, सरकार लगायत सरकारि सबै निकाए कानमा तेल हालेर बसेका छन । यता खाडीका सबै देशहरूबाट विभिन्न कारण तथा ८–१० वर्ष एकै ठाउँमा काम गरिरहेका बिदामा जानका लागी जहाजको टिकट सम्म बनाएका महिलाहरु पनि फर्कन नपाउने थाहा पाएकाले मन मारेर बस्न बाध्य भएका छन् । यसको जिम्मेवार को त ? यो तत्काल बिचार गर्नुपर्ने देखिन्छ ११ किनकि जबसम्म यसको फैसला आउला तबसम्म धेरै प्रवासी महिला कामदार बेरोजगार भैसकेका हुनेछन् । सरकारले देखाएको यो लापरबाहीको पराकाष्ठाले फेरि पनी बिचौलिया मेनपावर व्यवासायी र भ्रष्टाचारी कर्मचारीले नै फाइदा उठाएका छन । महिलाहरू आफुले बर्षौं देखिन काम गरिरहेको भिजा कालागी एक लाख पचास हजार देखि दुई लाख पन्द्र हजारसम्म बुजाएर तीन चार मुलुक हुँदै आफुले गरिरहेको ठाउँमा पुगेका छन । पैसा हुनेहरू त यसरी जान्छन् तर पैशा नहुनेहरु लाई भने सरकारलाई कोसेर गलत बाटो लाग्नु बाहेक अन्य बिकल्प सरकार र सरकारी भ्रष्ट कर्मचारी रहुन्जेल नरहेको बताउँछन् ।