Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

 बाढीपीडितका लागि पहिलो चरणमा करिब रु ३८ करोड खर्च 



१२ भदौ,दाङ  । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले बाढीका कारण नेपालका विभिन्न स्थानमा अर्बौंको क्षति भएको भन्दै यसको पुनःनिमाणका लागि योजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कारमा उहाँले बाढीले विभिन्न स्थानमा खानेपानी, सिँचाइका योजना बगाउनुको साथै खेतीयोग्य जमिन कटान गरेको बताउनुभयो ।

राज्यमन्त्री पुनले सरकारले पहिलो चरणमा बाढीपीडितका लागि करिब रु ३८ करोड खर्च गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै स्थानको यकिन विवरण आएको छैन विवरण आउनेबित्तिकै बाढीपीडित र बाढीको क्षतिको पुनःनिर्माणमा सरकार लाग्नेछ ।”

उहाँले अर्को एक प्रसंगमा वर्तमान सरकारको निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । सरकारका सामु निर्वाचन, संविधान कार्यान्वयनका साथै बाढीबाट भएको क्षतिको पुनःनिर्माण गर्नु रहेको बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित हुन पुगेको

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४