back

छब्बीस तोला सुन चोरी

वि.सं.२०७४ भदौ १२ सोमवार

480 

shares
GLOBAL IME AD
NTC AD

१२ भदौ, नुवाकोट। दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ ।

विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजुरी दिएका छन् । श्रीमती बिरामी भएपछि उपचारका लागि गत साउन ३१ गतेदेखि पसल बन्द गरी काठमाडौँ जानुभएका गहतराजले आज पसल खोल्ने क्रममा चोरी भएको थाहा पाएपछि संलग्नको खोजी गरिदिन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले सुनचाँदी पसलमा चोरी भएको जानकारी पाएलगत्तै शंकास्पद व्यक्तिको खोजी शुरु गरेको छ । लामो समयसम्म पसल भन्द भएकाले कुन दिन चोरी भएको समेत यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक कृष्णबहादुर विष्टले बताउनुभयो । समुद्रटारस्थित तिलकमान डंगोलका घरमा सञ्चालनमा रहेको पसल साउन ३१ देखि आजसम्म बन्द रहेको छ । ढोकाको छेस्किनी मात्र खोलेर चोरी भएकाले संलग्नको पहिचानमा कठिन भएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७४ भदौ १२ सोमवार १६:१५ मा प्रकाशित

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा  स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

काठमाडौँ । स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा...

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका-१ र २ स्थित जामुनखाडी सामुदायिक...