back

नयाँ नेतृत्वका लागि क्रान्तिकारीमा मनोनयन

वि.सं.२०७४ भदौ १२ सोमवार

318 

shares
GLOBAL IME AD
NTC AD

१२ भदौ,काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि आज उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराउनु भएको छ । मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ ।

मल्लका अनुसार ३३ पदाधिकारीसहित २४३ पदका लागि करिब ३०० ले उम्मेदवारी दर्ता गराउनुभएको छ । नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो ।
आइतबार सकाउने भनिएको सम्मेलन सहमति गर्दा लम्बिएको अध्यक्ष नरेन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सम्मेलन लम्बिँदा आज रु १० लाख थप खर्च भएको छ । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् । रासस

वि.सं.२०७४ भदौ १२ सोमवार १६:३० मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...