Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

अटेर गर्ने कम्पनीको अनुमतिपत्र खारेज हुने– मन्त्री शाही



mahendrab shahi१३ भदौ, नेपालगञ्ज । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झोलामा अनुमतिपत्र बोकेर विद्युत्को व्यापार गर्नेको अनुमतिपत्र खारेज गरिने बताउनुभएको छ ।

प्रेस सेन्टर बाँकेद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भारतबाट आयात गरेर विद्युत् बाँड्ने काम मात्र मन्त्रालयले नगर्ने स्पष्ट पार्दै नेपालमा विद्युत् उत्पादन बढाउन गृहकार्यसमेत थालिएको जानकारी दिनुभयो ।

मन्त्री शाहीले नेपालमा बिजुली उत्पादनका लागि अहिले नेपाली र विदेशी व्यक्ति तथा कम्पनी खोलाको अनुमतिपत्र लिएर झोले व्यापार गर्दै हिँडिरहेकाले अब त्यसखाले कार्यलाई तत्काल अङ्कुश लगाइने छ भन्नुभयो ।

उहाँको थप भनाइ थियो, ‘वर्षौंसम्म एक प्रतिशत काम पनि नगर्ने कम्पनीलाई १० दिनभित्र कार्य प्रगति विवरणसहित मन्त्रालयको सम्पर्कमा आउन भनिएको छ कुनै कम्पनीले अटेर गरेमा त्यस्ता कम्पनीको अनुमतिपत्र खारेज गरिने चेतावनी दिनुभयो ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा