back

विश्वका प्रमुख १५ पवित्र तीर्थस्थलमध्ये एक म्याग्दीमा

वि.सं.२०७४ भदौ १३ मंगलवार

594 

shares
GLOBAL IME AD
NTC AD

pulhasram

१३ भदौ, बेनी (म्याग्दी) । हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दी जिल्लामा रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ ।

श्रीमद्भागवत महापुराणमा कुरू क्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ ।

पुराणप्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ । पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको थियो ।

रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रमनै भएको पुराणमा उल्लेख गरिएको छ । पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको इतिहासविद् कृष्णबहादुर बानियाँले बताउनुहुन्छ ।

श्रीमद्भागवतजस्तो विश्वप्रशिद्ध पुराणमा उल्लेख गरिएको यस्तो विश्वकै अति पवित्र तीर्थस्थलमध्येको एक तीर्थस्थल म्याग्दीमा रहनु म्याग्दीका लागि सौभाग्य भएको र यसको समुचित रुपमा विकास गर्ने हो भने म्याग्दीले प्रशस्तै आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको बानियाँले बताउनुभयो ।

बानियाँका अनुसार पुलहाश्रमलाई ऋषिआश्रमका रूपमा विकास गर्ने, रावणको नाभि गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने, पुलस्त्य पुलहाश्रम क्षेत्र (साविकका पुला, घतान, अर्थुङे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुं, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदि) लाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भारत, नेपाल र श्रीलंकामा प्रचारप्रसार गर्ने हो भने पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना रहेको छ ।

त्यसैगरी, जिगन्नाथ, टोड्के, कपिलाश्रम, मालिका, गलेश्वर, रिखार, तातोपानी समेतलाई एकीकृत रूपमा पर्यटकीय क्षेत्र घोषणा गरी प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने म्याग्दीको सेरोफेरो आकर्षक धार्मिक पर्यटकीय स्थल बन्न सक्ने सम्भावना देखिएको बानियाँले बताउनुभएको छ ।

वि.सं.२०७४ भदौ १३ मंगलवार ०६:१८ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...