Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए मोजाम्बिकमा नयाँ कार्यसमिति, अध्यक्षमा बाबुराम



NRNAM1गैरआवासीय नेपाली संघ (एनआरएनए) मोजाम्बिक अफ्रिकामा बाबुराम शर्मा अध्यक्षमा निर्वाचित भएका छन् ।अगस्त २७ का दिन सम्पन्न संघको तेश्रो अधिबेशनले अध्यक्षमा शर्मालाई सर्वसम्मत निर्वाचित गरेको हो ।
यसैगरी संघको उपाध्यक्षद्धयमा महेन्द्र चापागाईँ, टेक प्रसाद वस्याल, महासचिवमा प्रकाश वस्याल, सचिवमा राजकुमार दाहाल, कोषाध्यक्षमा चन्द्रा जीएम, युवा संयोजकमा रमेश चापागाईँ, महिला संयोजकमा करिश्मा नेपाली निर्विरोध चयन भएका छन् भने सदस्यहरुमा नुप्पू शेर्पा, केशवराज वस्याल, डोलराज सुवेदी, यादव वस्याल र राज कुमार रहेका छन् ।

nrnam
यसैगरी संघको प्रमुख सल्लाहकारमा वाशुुदेव गिरी र सल्लाहकारमा यम प्रसाद सुवेदी चयन भएका छन् भने संघको २०१७-०१९ का लागि आइसीसी सदस्यमा उमेश थापा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष शर्माले मोजाम्बिकमा थोरैको संख्यामा नेपाली रहेको कारण खासै उल्लेख्य काम गर्न नसकेको बताउँदै आउँदा दिनमा नेपाल र नेपालीका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी नवनिर्वाचित कार्यसमितिको सोहि दिन बसेको पहिलो बैठकले आगामी ६ महिना भित्रमा सम्पूर्ण निर्वाचित सदस्यहरुले केही कामगरेर देखाउने प्रतिबद्धता समेत जाहेर गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।