रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका–९ झुलाका २४ वर्षीय रत्नबहादुर नेपालीको मृत्यु भएको हो ।
पन्ध्र महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा मृत्यु भएको उहाँका आफन्त लालबहादुर नेपालीले जानकारी दिनुभयो । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा भने मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।
मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उहाँकी श्रीमती एक महिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् । रासस
वि.सं.२०७४ भदौ १३ मंगलवार १६:०२ मा प्रकाशित