गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको सातौं महाधिबेशनले अध्यक्षमा एक बहादुर मल्ललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
संघको अगस्त २७ का दिन सम्पन्न सातौं महाधिबेशनले वरिष्ठ उपाध्यक्षद्धयमा गीता खनाल थापा, चेतभक्त ढुंगाना (निर्विरोध), महासचिवमा नरेन्द्र शाही ठकुरी (निर्वाचित), सचिवमा प्रविन सापकोटा (निर्विरोध), कोषाध्यक्षमा मिन कुमार श्रेष्ठ (निर्विरोध), सहकोषाध्यक्षमा अजय अन्तन उप्रेती (निर्वाचित), युवाप्रतिनिधिमा प्रमोद पाण्डे (निर्विरोध),महिला प्रतिनिधिमा पान कुमारी मल्ल (निर्विरोध) निर्वाचित भएका छन् भने सदस्यहरुमा शिखा राई ‘अस्मिता’ (निर्वाचितं), देवी जंग गुरूंग (निर्वाचित), शिव प्रसाद शर्मा (निर्वाचित) र नितेश पौडेल (निर्वाचित) भएका छन् ।
त्यसैगरी संघको आइसीसी सदस्यमा सुर्वर्ण विक्रम हमाल ठकुरी निर्विरोध भएका छन् ।
पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखेरलको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिबेशनमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन कुमार श्रेष्ठको विशेष आतिथ्यता तथा नेपाली दूतावास पेरिसका नियोग प्रमुख लेखनाथ भट्टराई तथा संघका सल्लाहकारहरू, भु.पु. पदाधिकारीहको आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष मल्लले अधिबेशनका क्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद दिदैं निर्वाचन मण्डलका संयोजक एवं निर्वाचन मण्डलका सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संस्थाका पंजीकृत सदस्यहरू सहित सातौं महाधिवेशनमा उपस्थित सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
वि.सं.२०७४ भदौ १४ बुधवार ०५:२७ मा प्रकाशित