Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

 कुश्माकी एक महिला बेपत्ता



 १४ भदौ, फलेवास (पर्वत)। कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन् । घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन् ।

उनी भदौ २ गतेदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरायसी समस्या देखाउँदै बेपत्ता भएकी उनले हिसाब किताब मिलेपछि आफू घर फर्कने नोट लेखेर बेपत्ता भएको परिवार स्रोतले जनाएको छ ।

आर्थिक कारोबार मिलेकाले छिट्टै घर फर्कन परिवार सदस्यले सामाजिक सञ्जालमार्फत आह्वानसमेत गरिरहेका छन् । परिवार र प्रहरीले गिरीको खोजी गरिरहे पनि हालसम्म पनि उनको पत्ता लाग्न नसकेको बताइएको छ ।

लेनदेनको आर्थिक समस्याका कारण उनी बेपत्ता भएको हुनसक्ने भन्दै प्रहरीले सबै समस्या समाधान भएकाले गिरी छिट्टै घर फर्कने अनुमान गरेको छ ।

गिरीको पत्ता लगाउनेलाई परिवारले उचित पुरस्कारसहित सम्मान गर्नेगरी खोजी कार्य अगाडि बढाइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाडौं । के तपाईं घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३