Logo
२३ मंसिर २०७८, बिहीबार
     Thu Dec 9 2021
E-paper
  English Edition
   Unicode
Logo

दुई संघीय प्रतिनिधिसभासदस्य निर्वाचित हुनेगरी क्षेत्र निर्धारण गर्न माग



१४ भदौ, संखुवासभा (खादबारी) । नेपाली काँग्रेस महासमिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संखुवासभाले संघीय प्रतिनिधिसभामा दुईजना प्रतिनिधि पाउनुपर्नेमा जोड दिनुभएको छ ।

खाँदबारीमा निर्वाचन क्षेत्र निर्धारण सरोकार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कार्कीले संविधानले व्यवस्था गरे बमोजिम नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताउनुभएको हो ।
इतिहासविद् तथा राजनीतिक विश्लेषक डा रमेश ढुंगेलले संखुवासभा जिल्लामा दुईजना जनप्रतिनिधि कायम गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संघीयतालाई अरु देशसँग तुलना गरेर नेपालमा लागू गर्न नमिल्ने भन्दै डा ढुंगेलले दुरदरजका जनताको आवाज समावेस गर्न र जनताको लागि राज्य छ, भन्ने अनुभूति गराउनुपर्ने धाराणा राख्नुभयो ।
अरुण विद्युत् आयोजना र चीनसँग जोडिएको किमाथाङका नाका रहेको संखुवासभा जिल्लालाई प्राकृतिक र जनसंख्याको आधारमा दुईजना जनप्रतिनिधि पाउने कुरामा संविधानले नै स्पष्ट देखाएको उहाँले जिकिर गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका छन् । नेकपा (माओवादी

काठमाडौं । के तपाईं घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पार्टीको ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३