Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सिन्धुपाल्चोकका २५० जना काँग्रेस एमालेमा प्रवेश



१५ भदौं, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाका नेपाली कांग्रेसका युवा नेता दोर्जे लामासहित दुईसय पचासजना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामासँगै जिल्लाका तत्कालीन तातोपानी गाविसमा दुई पटक अध्यक्ष जितेका अमृत खड्का, कांग्रेसका क्षेत्रीय सदस्य विष्णु श्रेष्ठसहित २५० भन्दा बढी नेपाली कांग्रेस कार्यकर्ता आज एमाले प्रवेश गरेका हुन् ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमले टीका र माला लगाएर औपचारिकरुपमा पार्टीमा प्रवेश गराउँदै एमालले उचित जिम्मेवारी दिने र एमालेमा आउँदा कुनै पनि पश्चाताप गर्न पर्ने तरिकाले काम गर्ने बताउनुभयो ।

सो अवसरमा उपाध्यक्ष गौतम, सचिव योगेश भट्टराई, एमाले नेताहरू अमृत बोहरा, शेरबहादुर तामाङ लगायतले उनीहरुलाई स्वागत गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ