Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

दूध उत्पादनमा अब्बल बन्दै चितवन



milkरत्ननगर (चितवन) । जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ ।  जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिनुभयो ।

दूध उत्पादनका हिसाबले चितवन अब्बल बन्दै गएको छ । आव २०६९÷७० मा जिल्लामा ७९ हजार ५१५ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७३÷७४ मा दूध उत्पादन वृद्धि भएर ९० हजार २११ मेट्रिक टन पुगेको सेढाईंले बताउनुभयो ।

आव २०७०÷७१ मा ८२ हजार ९३० मेट्रिक टन, आव २०७१÷७२ मा ८४ हजार ७७ तथा आव २०७२÷७३ मा ८५ हजार ७९७ मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । दैनिक करिब दुई लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूध अन्य जिल्लामा समेत बिक्रीका लागि पठाउने गरिएको छ ।

“चितवनमा उत्पादित अधिकांश दूध काठमाडाँैलगायत मुख्य शहरमा पठाउने गरिएको छ,” डा सेढार्इंले भन्नुभयो । उत्पादन वृद्धिदर वार्षिक ४.८९ प्रतिशत रहेको छ । तर दुग्ध उत्पादक किसान उक्त तथ्यांक सहि नभएको दाबी गर्छन् । उनीहरूकाअनुसार किसान दुग्ध पेशा छाड्ने क्रममा छन् ।

दुग्ध उत्पादक किसान आनन्द निउरे पछिल्लो समयमा किसान विभिन्न समस्यामा परेका कारण तथा राज्यले उचित संरक्षण नदिँदा पलायन हुने क्रम बढेको बताउनुहुन्छ । पशुसेवा कार्यालयले पुराना किसानले व्यवसाय छाड्दै गए पनि नयाँ किसान थपिँदै गएकाले दूध उत्पादनमा वृद्धि हुँदै गएको जनाएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी चितवनमा पछिल्लो समयमा दूध उत्पादनमा ह्रास आउन थालेको बताउनुहुन्छ ।

आत्मनिर्भर घोषणाका लागि प्रक्रिया शुरु

चितवनलाई दूधमा आत्मनिर्भर घोषणाका लागि आवश्यक प्रक्रिया शुरु भएको छ । केन्द्रबाटै कार्यविधिसमेत आइसकेकाले त्यही कार्यविधिमा टेकेर आवश्यक प्रक्रिया शुरु भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सेढार्इंले जानकारी दिनुभयो ।

जिल्लाका हरेक सेवा कार्यालयलाई ताजा तथ्यांक अध्यावधि गर्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो । सरकारले वार्षिक प्रतिव्यक्ति ९० लिटर दूध आवश्यक हुने जनाएको छ । जिल्लाको तथ्यांक हेर्दा प्रतिव्यक्ति १३७ लिटर दूध पुग्ने देखिन्छ ।

नब्बे लिटरभन्दा माथिको प्रतिव्यक्ति ४७ लिटर दूध बढी देखिएकाले जिल्लालाई आत्मनिर्भर घोषणाका लागि कार्यालयले काम थालेको उहाँको भनाइ छ । “सरकारी योजनाअनुसार मासु, अण्डा र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउन लागि परेका छौँ,” उहाँले भन्नुभयो ।


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी