
१५ भदौ, काठमाडौँ । स्पेनिश क्लब रियल मयाड्रिडका पुर्व मिडफिल्डर जाभी अलोन्सोले रियल मयाड्रिडले यो सिजनमा ६ वटा उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । बार्यन म्युनिखबाट यसै सिजन सन्यास लिएका स्पेनिश खेलाडी अलोन्सोले रियलले यो सिजन दुई वटा उपाधि स्पेनिश सुपर कप तथा युएफा सुपर कप जितिसकेको र रियलले यो सिजनमा क्लब विश्व कप, लालिगा, च्याम्पियन्स लिग तथा केपा डेले रेको उपाधि जित्न सक्ने क्षमता रहेको बताएका छन् ।
उनले रियलको अहिलेको टिमलाई इतिहासकै सन्तुलित टिम भएको भन्दै रियलले यस सिजन सबैखाले उपाधि जित्ने बताएका छन् ।
युवा खेलाडीको उचित तालमेलका कारण रियलले सफलता हात पारेको बतउदै अलोन्सोले रियल वर्तमान समयमा विश्वकै बलियो टिम रहेको बताएका छन् । अलोन्सो सन् २००८ देखि २०१३ सम्म रियलमा ५ सिजन बिताएका थिए ।