Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

यसरी सम्पन्न भयो लण्डनमा ९ औ नेपाली मेला (फोटोफिचर)



1

१५ बैशाख,  लण्डन । बेलायतको राजधानी लण्डनमा ९ औ नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । लण्डन स्थित नेपाली राजदुतावासको सहकार्यमा “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिएको हो । गत आईतबार लन्डनस्थित केम्पटन पार्क रेस कोर्स आइतबार मिनी नेपाल सिंगारिएको थियो । मेलामा करिब दश हजार नेपालीको जमघट थियो । सहभागी अधिकांशले आफ्नो मौलिक पोशाक र गरगहनामा सजिएका थिए । उक्त मेलामा विभिन्न जातजातीका 
सांस्कृतिक झांकी, भेषभुषा र हाट बजारले मिनी नेपालको झझल्को प्रष्ट दिन्थ्यो । मेलामा लाइभ म्यूजिक, लोक गीत संगीत, नृत्य प्रतियोगिता, खाना प्रदर्शनी आदि प्रमुख आर्कषणको रुपमा रहेका थिए ।

2

कृष्ण गुरुङद्वारा सञ्चालित उक्त कार्यक्रममा उपस्थित युके फ्रेण्डसीप सोसाईटीका कार्यकारी निर्देशक एलान सान्काले आफु नेपालमा पटक पटक गईरहने भएतापनि उक्त मेलामा नेपालमा कहिल्यै नदेखेको नेपाली संस्कृति र परिवेश नजिकबाट नियाल्न पाएको प्रतिक्रिया दिएका थिए । यसै गरि मेलामा उपस्थित एनआरएनए आईसीसी अध्यक्ष शेष घलेले बृहत मेला देखेर निकै खुसी लागेको बताउदै विश्वका अन्य मुलुकमा बस्ने नेपालीले समेत आफ्नो संस्कृति जिवित राख्न सिक्नु पर्ने प्रतिक्रिया दिएका थिए ।  यसै गरि प्रमुख अथिति बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल वहुजातीय, वहुसांस्कृतिक, वहुभाषिक र वहुधार्मिक मुलुक भएको जनाउंदै मेलामा प्रस्तुत झांकी, गीतसंगीत र नृत्यले नेपाली संस्कृति र सभ्यताको पहिचान दिलाएको प्रतिक्रिया दिएका थिए ।यस्तै तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले नेपाली कला संस्कृति, भाषा र परम्परा संरक्षण गर्ने परिकल्पनासहित नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००९ देखि नेपाली मेला शुरु गरिएको जानकारी दिएका थिए । यसै गरि गुरुङले उक्त मेला पर्यटन प्रवर्धन र नेपाली समुदायका व्यवसाय विस्तारमा समेत कोशेढुंगा भएको उनको टिप्पणी गरेका थिए ।यस्तै मेला संयोजक तथा तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तव्य दिंदै मेला व्यवस्थापनबारे जानकारी दिएका थिए ।

3

उक्त मेला हेर्न चीन, बंगलादेश, म्यान्मार  साइप्रस, यमन, निकारागुवा, सेनेगल, फिलिपिन्स, माल्दिभ्स, इराक, इजरायल, लेसोथो, घाना, जमैका जस्ता विभिन्न देशका १६ राजदूतसहित कुटनीतिज्ञ, बेलायती सांसदहरु, स्थानीय मेयर, काउन्सिलरहरु आदि सहभागी भएका थिए ।

4

यसैबीच, तमुधिं यूकेले मेलाको अवसरमा सप्तरीका बाढी पीडितलाई १० लाख रुपैयां आर्थिक सहयोग प्रदान गरेको थियो । तमुधिं यूकेले आफ्ना संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत उक्त रकम बाढी पीडितलाई प्रदान गरेको हो । । साथै, समारोहमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पांचजना गोर्खा तथा चार एभरेष्ट म्याराथन धावकहरुलाई पनि सम्मान गरिएको थियो ।

5


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन