Logo
२० मंसिर २०७९, मंगलवार
     Tue Dec 6 2022
E-paper
  English Edition
   Unicode
Logo

बेललाई किन्न युनाईटेडले राख्यो १०० मिलियन पाउन्डको प्रस्ताव, के रियलले बेच्ला त बेललाई ?



bale

ईङलिश क्लब म्यान्चेष्टर युनाईटेडले रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेललाई किन्न रियल मयाड्रिड समक्ष १०० मिलियन पाउन्डको प्रस्ताव राखेको छ । यो सिजन खेलाडी भित्राउन निकै रकम खर्च गरेको बेललाई किन्न रियल समक्ष ठुलो धनराशीको प्रस्ताव राखेको हो । यो सिजन रोमेलु लुकाकु, नेमान्जा म्याटिक, भिक्टर लेन्डोलेफ लगायतका स्टार खेलाडीलाई किनेको युनाईटेडले रियलका फरवार्ड बेललाई किन्न रियल समक्ष प्रस्ताव गरेको हो ।bale

खेलाडी ट्रान्सफर डेडलाई सकिन मात्रै दुई दिन बाकीँ रहदा रियल समक्ष आर्कषक प्रस्ताव गरिनुलाई अर्थपुर्ण तरिकाले हेरिएको छ । सन् २०१३ मा टोटेन्हाम बाट रियल आउनु भन्दा अगाडी समेत युनाईटेडले पटक पटक बेललाई किन्न खोजेतापनि अन्तिममा बेलले रियल म्याड्रिडलाई रोजेका थिए । युनाईटेडले बेललाई क्लब भित्राएर आफ्नो साखलाई फर्काउन चाहेको छ ।
तथापी युनाईटेडले बेललाई किन्न प्रस्ताव गरेतापनि रियल मयाड्रिडले बेललाई बेच्ने सम्भावना भने कम रहेको छ । बेललाई आगामी दिनमा रोनाल्डोको प्रतिस्थापनको रुपमा हेरिनुले पनि रियलले बेच्ने सम्भावना कम रहेको छ । यसै सिजन मोनाकोका फरवार्ड किलिएन एम्बेप्पेलाई क्लबमा भित्राउन खोजेतापनि उनले पिएसजी रोजेपछि रियलले बेललाई क्लबमै राख्ने भएको हो ।