Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

सम्झनाको उपचारका लागि ओमानबाट चन्द्र कुमारको आर्थिक सहयोग



chandrak

ओमानमा रहेर रेष्टुरेण्ट व्यवसायमा संलग्न रहेका व्यवसायी चन्द्र कुमार सुनुवारले पाठेघरको समस्याले पीडित भएकी सम्झना सुनुवारलाई ४२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्  ।
झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं ९ मा बस्ने सम्झना सुनुवार (दिर्गचा) लाई पाठेघर सम्बन्धी रोग लागेको र आर्थिक अवस्था कमजोर रहेकोले वडा ९ का अध्यक्ष पुष्प कुमार प्रसाइको सिफारीसमा आर्थिक सहयोग गरिएको चन्द्र कुमारले बताए ।

help22
सुनुवारले सम्झनाका श्रीमान पोस्ट बहादुर दिर्गचाको नाममा उक्त रकम पठाएको बताए  ।
आर्थिक रुपमा कमजोर रहेकी सम्झनाको उपचारका लागि सहयोग गर्न पाएकोमा खुसी लागेको सुनुवारले बताएका छन् ।
सम्झनाको आर्थिक अवस्था कमजोर भएका कारण पाठेघरमा पलाएको ट्युमरको अप्रेसन गरिसकेको र खर्च कसरी जुटाउने भन्ने पीडा भएको सम्झनाका श्रीमान पोस्ट बहादुरले बताएका छन् । झापाको विर्तामोडमा रहेको मनमोहन मेमोरियल अस्पतालमा ट्युमरको अप्रेसन गरेकी सम्झनाको उपचारका लागि झण्डै १ लाख २० हजार खर्च भएको उनका श्रीमानले बताएका छन् ।
‘आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको थियो ३ किलोको ट्युमर निकालिसकिएको छ, सम्झनाका श्रीमानले भने, ‘तर पैसा छैन्, उहाँले ४२ हजार सहयोग गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ ।’
उनले अहिलेसम्म सुनुवारले ४२ हजार र झापाकै गजुरमुखी नामक संस्थाबाट ५ हजार सहयोग आएको बताए । अरु सहयोगीको प्रतिक्षामा रहेको पनि उनले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा