Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित



 

१५ भदौ , म्याग्दी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् ।

जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३÷७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो किस्ताबापत पहिलो चरणमा ६४५ पीडितलाई रु ५० हजारका दरले निजी आवास निर्माणका लागि रु तीन करोड २२ लाख ५० हजार अनुदान वितरण गरेको थियो ।

अहिले पहिलो किस्ता लिन बाँकी रहेका र प्रक्रिया पुगेका लाभग्राहीका लागि भन्दै जिससलाई थप रु तीन करोडको अख्तियारी आए पनि नापजाँच गर्ने इन्जिनियर प्राधिकरणले पठाउन सकेको छैन । बेनी नगरपालिका–१० का भीमराज दर्जीले घर बनाउनका लागि पहिलो किस्ताबापतको अनुदान रकम पाए पनि घर बनाउने कामका लागि प्राविधिक सहयोग नपाएको गुनासो गर्नुभयो ।

जिससका अनुसार, गत आवमा बेनी नगरपालिका क्षेत्रमा ३५९, रघुगंगा गाउँपालिकामा ३४, अन्नपूर्णमा ७३, मंगलामा १२६, मालिकामा ३५ र धौलागिरिमा १८ जना पीडितलाई अनुदान उपलब्ध गराइएको छ । लाभग्राहीलाई पायक पर्ने बैंकमार्फत अनुदान वितरण गरिएको थियो ।

अझै रघुगंगामा १११, अन्नपूर्णमा ४१, बेनी नगरपालिकामा ५८ र धौलागिरिमा १२ जना लाभग्राहीले पहिलो किस्ताबापतको अनुदान बुझ्न बाँकी छ । जिससका सूचना अधिकारी पदम भण्डारीले इञ्जिनियर खटाउन प्राधिकरणलाई पत्रमार्फत ध्यानाकर्षण गरिएको बताउनुभयो ।

जिससले सबै नगर तथा गाउँपालिकामा छुटेका भूकम्पपीडितको नाम समावेश गर्न वडा कार्यालयमार्फत काम गरिरहेको जनाएको छ ।


-->

ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ

त्रिवेणी (नवलपरासी) । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।

घोराही (दाङ)। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज