back

सहकारीको कारोबार २४ अर्ब

वि.सं.२०७४ भदौ १५ बिहीवार

774 

shares

१५ भदौ, दमक । जिल्लाका विभिन्न सहकारी संस्थाले करिब रु २४ अर्बको कारोबार गरेका छन् ।

वर्षेनी सहकारी थपिने क्रम बढेसँगै कारोबारमा पनि वृद्धि हुँदै गएको छ । सहकारी डिभिजन कार्यालयका डिभिजन अधिकृत दुर्गाप्रसाद न्यौपानेका अनुसार आव २०७२÷७३ मा लेखा परीक्षण प्रतिवेदन बुझाएका सहकारी संस्थाको कुल कारोबार रु २३ अर्ब ९६ करोड ५१ लाख ६७ हजार रहेको छ ।

आव २०७३÷७४ को लेखापरीक्षण प्रतिवेदन आउन बाँकी छ । सहकारी संस्थाले असोज मसान्तसम्म कार्यालयमा लेखा प्रतिवेदन बुझाउनुपर्ने नियम छ । असोज मसान्तपछि सहकारीले जरिवाना बुझाएर लेखापरीक्षण प्रतिवेदन बुझाउने सक्ने प्रावधान छ ।

आव २०७३÷७४ सम्ममा जिल्लामा ८९९ वटा सहकारी दर्ता छन् । तीमध्ये नौवटा खारेजी तथा छवटा आपसमा गाभिएका छन् । बचत तथा ऋण प्रकृतिका सहकारी संस्थाको कारोबार उच्च रहेको देखिएको छ । प्रतिवेदन बुझाएका २३६ वटा बचत तथा ऋण प्रकृतिका सहकारी संस्थाले रु छ अर्ब ८५ करोड ७७ लाख ८५ हजार बचत गरी रु नौ अर्ब १० करोड ८१ लाख ८३ हजार ऋण लगानी गरेका छन् ।

यस्तै प्रतिवेदन बुझाएका २७३ वटा कृषि प्रकृतिका सहकारी संस्थाले रु एक अर्ब ३९ करोड ८७ लाख ७७ हजार ६४७ बचत गरी रु दुई अर्ब २९ करोड ९५ लाख ४० हजार ८३४ ऋण लगानी परिचालन गरेका छन् । प्रतिवेदन बुझाएका ७४ वटा बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाले रु पाँच अर्ब ३७ करोड ९४ लाख ९० हजार बचत गरी रु छ अर्ब २५ करोड चार लाख ७७ हजार ऋण लगानी गरेका छन् ।

एक सय ४६ वटा सहकारीले वर्षेनी रु एक करोडदेखि रु पाँच करोड, ४८ वटा सहकारीले रु पाँच करोडदेखि रु ५० करोडसम्मको तथा रु ५० करोडभन्दा बढी चारवटा सहकारीले कारोबार गर्दैआएका छन् । रासस

वि.सं.२०७४ भदौ १५ बिहीवार ०९:३९ मा प्रकाशित

Himalayan Life AD
कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

नेपालको राजनीतिक इतिहासमा हरेक चुनावसँगै घोषणापत्र सार्वजनिक हुन्छन्। ती घोषणापत्रहरूमा...

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

काठमाडौँ । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्बोधन गर्ने तथा...

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

काठमाडौं । सामसङ नेपालले T20 विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना...

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

कोहलपुर । जस्मिन पेन्ट्सको उपभोक्ता योजना "चाडपर्वको उमङ्ग, जापान घुमौँ...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...