back

तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी

वि.सं.२०७४ भदौ १५ बिहीवार

660 

shares
IME Limited
NTC AD

tarkaro kheti

१५ भदौ, कञ्चनपुर । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गर्नुभयो । तरकारीखेतीबाट चौधरीले तीन महिनामा रु २० हजार आम्दानी गर्नुभयो ।

मजदुरी गरेर चौधरीले दैनिक रु २०० मात्रै कमाइ गर्नुहुन्थ्यो । मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उहाँले व्यावसायिक तरकारीखेतीलाई अंगाल्नुभएको हो । “तरकारीखेती गरेर परिवार पाल्न सहज भएको छ,” उहाँले भन्नुभयो ।

थोरै जग्गा भएपछि उहाँले वार्षिक रु एक लाख ८७ हजार तिर्ने गरी हाल एक बिगाहा १० कट्ठा जग्गा भाडामा लिई तरकारीखेतीलाई निरन्तरता दिनुभएको छ । तरकारीखेती गरेर उहाँले वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

बर्खायाममा काँक्रा, लौका, भिण्डी, करेला, बोडीलगायत तरकारीखेती गर्दै आउनुभएका चौधरीले हिउँदमा आलु, काउली, गोलभेँडा, खुर्सानी, भण्टा र हरियो तरकारीखेती गर्नुहुन्छ । छजनाको परिवारको लुगाफाटो, अन्न र अन्य खर्च कटाएर केही रकम बैंकमा बचतसमेत गर्दै आएको उहाँको भनाइ छ ।

पक्की घर निर्माणका लागि रु पाँच लाखभन्दा बढी रकम बैंकमा बचत गरेको चौधरीले बताउनुभयो । “तरकारीखेतीकै रु एक लाख ६० रकम खर्चेर छोरालाई वैदेशिक रोजगारीमा पठाएर अतिरिक्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।

यस्तै विपद्राम चौधरीले तरकारीखेती गरी मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । गरिबी निवारण कोषबाट पहिलो वर्ष रु तीस हजार तरकारीखेतीका लागि ऋण लिनुभएका चौधरीले रु दुई लाख पहिलो वर्षमै आम्दानी गरेपछि उत्साहित हुँदै जग्गा भाडामा लिई तरकारीखेतीलाई विस्तार गर्नुभएको छ ।

भूमि सुधार कार्यालयले पुनःस्थापन हँुदा उपलब्ध गराएको पाँच कट्ठा जग्गासहित १० कट्ठा थप वार्षिक रु १० हजार तिर्ने गरी भाडामा लिएर तरकारीखेतीलाई उहाँले विस्तार गर्नुभएको छ । हिउँदमा बन्दागोभी, काउली र गोलभेँडा बेचेर दैनिक रु दुई हजार घरमै बसीबसी आम्दानी हुने र बर्खामा काँक्रा, लौका, तितेकरेला बिक्री गरेर रु एक हजार ५०० दैनिक कमाइ हुने गरेको छ ।

तरकारी बेचेको रकमले छजना परिवारको खर्च कटाएर वार्षिकरुपमा रु दुई लाख बैंकमा बचत गर्दै आएको उहाँले बताउनुभयो । बैंकमा बचत भएको रकम परिचालन गरी पक्की घर निर्माण गर्ने सोच उहाँले बनाउनुभएको छ । तरकारीखेतीमा संलग्न चौधरी बस्तीमै सबैभन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । बस्तीका प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् ।

वि.सं.२०७४ भदौ १५ बिहीवार ०९:५१ मा प्रकाशित

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले ‘अनुदानको...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

प्रविधिमैत्री बनाउन गोखाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर

प्रविधिमैत्री बनाउन गोखाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर

गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा...

विदेशबाट फर्किएर ड्रागन फ्रुटको व्यवसायिक खेतीमा रमाएका सरोज

विदेशबाट फर्किएर ड्रागन फ्रुटको व्यवसायिक खेतीमा रमाएका सरोज

केदार मगर, खोटाङ। रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको...