
१५ भदौ, काठमाडौँ । अगष्ट ३१ अर्थात आज युरोपली फुटबल सरुवा बजारको अन्तिम दिन हो । विगत ३ महिना देखि सुरु भएको सरुवा बजार ६ महिनाको लागि आज देखि बनद हुने गर्दछ । अन्तिम दिनमा युरोपेली सरुवा बजार निकै व्यस्त हुने गर्दछ । विभिन्न क्लबहरुले आफुले किन्न चाहेको खेलाडीहरुलाई अन्तिम प्रयास गर्दै भित्राउने प्रयासमा हुने गर्दछन् ।
आज राति सम्म सरुवा हुन सक्ने सम्भावित खेलाडी हरु यसप्रकार रहेका छन् ।
१) किलियन एम्बेप्पे मोनाको बाट पिएसजी
गत सिजन लिग वानमा निकै प्रभाव पारेका खेलाडी लगभग मोनाको बाट प्रतिद्वनदी क्लब पिएसजी जाने भएका छन् । पहिलो सिजन लोनमा बिताउने एम्बेप्पे दोस्रो सिजन १८० मिलियन युरोमा स्थायी रुपमा अनुबन्धित हुने कार्यक्रम रहेको छ ।
२) फिलिपे काउतिन्हो लिभरपुलबाट बार्सिलोना
ब्राजिलियन जादुगर काउतिन्हो लिभरपुलबाट बार्सिलोनाबाट जाने लगभग पक्का भएको छ । उनी १६० मिलियन युरोमा क्याटालन क्लब जाने भएका हुन् ।
३) एलेक्स अक्सलेड चयाम्बरलियन आर्सनल बाट लिभरपुल
ईङलिश खेलाडी च्याम्बिरलियन आर्सनलबाट लिभरपुल जाने पक्का भएको छ । उनी ३५ मिलियन पाउन्डमा प्रतिद्वन्दी क्लब जाने पक्का भएको छ । उनले चेल्सीलाई अस्विकार गर्दै लिभरपुल जाने भएका हुन् ।
४) डयानी ड्रिङकवाटर
लेईस्टर सिटीका मिडफिल्डर ड्रिङकवाटर लेईस्टर सिटीबाट चेल्सी जाने भएका छन् । उनी करिब २५ मिलियन पाउन्डमा चेल्सी जाने भएका हुन् ।
अन्य नामहरु :
डिएगो कोष्टा चेल्सी बाट एट्लेटिको
रेनाटो सान्चेज बार्यन म्युनिख बाट स्वान्सी सिटी